Comments Add Comment

प्रदेश सरकारको कामप्रति नेकपा सांसद असन्तुष्ट

११ वैशाख, बिराटनगर । प्रदेश सरकारको काम कारबाहीप्रति सत्तारुढ नेकपाकै सांसद असन्तुष्टि जनाएका छन् । नेकपा संसदीय दलको बुधबार बसेको बैठकमा अधिकाश सांसदहरुले सरकारले काम गर्न नसक्नुको कारण माग गरेका हुन् ।

उनीहरुले मुख्यतः मुख्यमन्त्रीले सम्हालेका मन्त्रालयमा कामको सामजस्यता नमिलेको तथा मुख्यमन्त्रीले समय दिन नसकेको गुनासो गरेका छन् ।

नेकपा प्रमुख सचेतक बुद्धीकुमारराज भण्डारी भन्छन्, ‘कुनै मन्त्रालय भन्दापनि समग्र सरकारको काम कारवाहीप्रति असन्तुष्टि व्यक्त भएको छ । सरकारले गरेको समग्र कामको मुल्यांकन गदै सरकारको जवाफ माग्ने काम भयो ।’

मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीहरुले भने कर्मचारीदेखि स्रोत साधनको अभाव भएकाले प्रदेश सरकारले सोचजस्तो कामगगर्न नसकेाके बताएका छन् ।

प्रदेश सरकार गठन भएको डेढ वर्ष हुनलाग्दा समेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । भौतिक पूर्वाधार र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्रीसँगै छ ।

बैठकमा सरकारले ल्याएको बृहत विराट क्षेत्र विकाससम्बन्धमा बनेको विधेयकबारे पनि छलफल भएको थियो । मुख्यमन्त्री राईले विधेयक प्रदेश राजधानी सार्ने गरी नआएको र यसलाई विकाससँग मात्र जोडेर हर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment