Comments Add Comment

नाकबाट पानी पिएर आँखाबाट पिच्करी फाल्ने अनौठो व्यक्ति (भिडियोसहित)

चीनमा एकजना व्यक्तिको अनौठो क्रियाकलापको भिडियो अहिले चर्चामा छ । कुङ्ग फू खेलका प्रशिक्षक समेत रहेका ती व्यक्तिको यस्तो अद्भुत क्षमता छ कि उनले नाकबाट पानी र दुध पिएर आँखाबाट निकाल्न सक्दछन् ।

उनले आँखाबाट पानीको यस्तो पिचकारी निकाल्दछन् कि कहिलेकाहीँ त त्यो पानीले गमलाको विरुवामा सिँचाई नै गर्न सकिन्छ ।

ती व्यक्तिको नाम झांग येलियांग हो । पेशाले मार्सल आर्ट खेलाडि हुन् यी ।

नाकले पानी र दुध पिएर आँखाबाट पिच्कारी फालेको उनकेा भिडियो निकै भाइरल बनिरहेको छ ।

आफ्नो त्यो क्षमता एउटा प्राचीन कला रहेको उनको दाबी छ । उनले पछिल्लो १० वर्षदेखि यो काम गर्दै आएका छन् । आँखाबाट उनले फ्याँकेको दुध र पानी ५.५ फिटसम्म टाढा पुग्दछ ।

उनले निकै कडा मेहेनत गरेर यस्तो क्षमता हासिल गरेका छन् । तर त्यो कार्य निकै खतरनाक र पीडादायक भएको हुनाले त्यसको सिको नगर्न उनी आग्रह गर्दछन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment