Comments Add Comment

हरिकृष्णले खोलेको नागरिकता वितरणमा चोलेन्द्रको आंशिक अंकुश ( पूर्णपाठसहित)

गृहमन्त्रालयको सर्कुलरबारे सर्वोच्च अदालतका दुईथरि आदेश

१३ वैशाख, काठमाडौं । अंगीकृत नागरिकका सन्तानलाई बंशजको नागरिकता वितरण गर्ने गृह मन्त्रालयको सकुर्लर अनुसार कतिपयलाई नागरिकता वितरण नगर्न सर्वोच्च अदालतले फेरि अर्को अन्तरिम आदेश जारी गरेको छ ।

यसअघि सर्वोच्च अदालतले नै गृहको सर्कुलर अनुसार नागरिकता वितरण नरोक्नू भनेको थियो । तर, एक साता नबित्दै अदालतले कतिपय व्यक्तिहरूका हकमा नागरिकता वितरणमाथि अन्तरिम रोक लगाइदिएको छ ।

अघिल्लो साता सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गृह मन्त्रालयको सर्कुलरबमोजिम नागरिकता वितरण गर्ने कार्य नरोक्नू भनेको थियो । त्यो आदेशपछि देशभरिका जिल्ला प्रशासन कार्यालयमा नागरिकता वितरण सुचारु भएको थियो ।

तर, सर्वोच्चमा परेको अर्को रिटमाथि छलफल गर्दै शुक्रबार कार्की र श्रेष्ठको आदेशविपरीत अर्को आदेश आएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र पुरुषोत्तम भण्डारीको इजलासमा परेको रिटमाथिको आदेशमा गृहमन्त्रालयको परिपत्र कार्यान्वयन  नगर्न नगराउन भनिएको छ । तर, यस्तो रोक पूर्णरूपमा  नभएर आंशिक रूपमा मात्रै लगाइएको छ ।   शुक्रबारको अदालतको आदेशमा गृहको परिपत्रको सम्पूर्ण अंशमा नभएर ०५८ साउन ८ मा प्रमुख जिल्ला अधिकारी मातहतमा नरहेका अधिकृतहरुको टोलीबाट वितरण गरिएको नागरिक प्राप्त गर्नेहरुको हदसम्म मात्रै नागरिकता विरतण रोक्न भनिएको छ ।

नागरिकताको पछिल्लो लफडा

गत चैत १९ गते गृहमन्त्रालयले परिपत्र गरेर नागरिकतासम्बन्धी कानून बनाउन संसदमा ढिलो भएको हुनाले अंगीकृत नागरिकलाई यही परिपत्रका आधारमा बंशजको नागरिकता प्रदान गर्नू भनेको थियो ।

गृहको सर्कुलरपछि जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेहरुको भीड लागेको थियो । यस्तो भीड तराईका अरु जिल्लामा भन्दा झापा र मोरङमा बढ्ता देखिएको थियो ।

यहीवीचमा गृह मन्त्रालयको परिपत्रविरुद्ध सर्वोच्चमा रिट दर्ता भयो । सो रिटमाथि सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले अन्तरिम आदेशबारे छलफलका लागि बोलायो ।

त्यसमाथि छलफल हुँदा न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गृह मन्त्रालयको सर्कुलर बमोजिम नागरिकता वितरण गर्ने कार्य नरोक्नू भन्यो । र, त्यसपछि देशभरिका जिल्ला प्रशासन कार्यालयहरुमा नागरिकता वितरण पुनः सुचारु भयो ।

यो पनि पढ्नुहोस जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन बाटो खुल्यो

यहीवीचमा बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीसमेतले सर्वोच्च अदालतमा अर्को रिट निवेदन दर्ता गराए, जसमा गृह मन्त्रालयको परिपत्रका अतिरिक्त, थप मागहरु पनि राखिएका थिए ।

यसअघि ०५४ साल र ०५८ सालताका गैरकानूनी आधारमा नागरिकता वितरण गरिएका सन्तानलाई नै अहिले बंशजको नागरिकता दिन लागिएको भन्दै त्यसलाई रोकीपाउँ भन्ने  बोर्णबहादुरहरुको माग थियो ।

कार्कीको यो रिटमा अन्तरिम आदेशबारे छलफल गर्नका लागि प्रकाशमानसिंह राउतको एकल इजलासले शुक्रबार विपक्षीसमेतलाई झिकाएको थियो । यो रिट शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र पुरुषोत्तम भण्डारीको इजलासमा परेको थियो ।

राणा र भण्डारीले शुक्रबार कार्कीको रिटमाथि छलफल गर्दै गृहको सर्कुलरको केही अंश कार्यान्वयन नगर्न नगराउन भनेको छ ।  शुक्रबारको अदालतको आदेशमा गृहको परिपत्रको सम्पूर्ण अंशमा नभएर ०५८ साउन ८ मा प्रमुख जिल्ला अधिकारी मातहतमा नरहेका अधिकृतहरुको टोलीबाट वितरण गरिएको नागरिक प्राप्त गर्नेहरुको हदसम्म मात्रै नागरिकता विरतण रोक्न भनिएको छ ।

हेर्नुहोस् अदालतको आदेश-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment