Comments Add Comment

विद्यासुन्दरलाई केशव स्थापितको प्रश्न : खुलामञ्चमा बलात्कार भइरहेको छ, केको छानविन ?

पहिले डोजर, अनि छानविन ! बसपार्कको ठेक्का पनि रद्द गरौं

१३ वैशाख, काठमाडौं । माइतीघर मण्डला, रत्नपार्क लगायतका स्थानमा डोजर लगाएर सडक र चौक फराकिलो बनाउने काठमाडौंका पूर्वमेयर केशव स्थापित यतिबेला खुलामञ्च बिक्री प्रकरणबारे समाचारहरु पढिरहेका छन् ।

तर, स्थापितलाई यस्तो गम्भीर मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको भूमिका पटक्कै चित्त बुझेको छैन ।

पूर्वमेयर स्थापित खुलामञ्च सार्वजनिक सम्पत्ति भएकाले खुलारुपमै भइरहेको अतिक्रमणमा महानगरपालिकाले कुनै छानविन गरिरहनु नपर्ने बताउँछन् ।

काठमाडौं महानगरपालिकाका बहालवाला मेयर शाक्य भने उपमेयरले छानविन प्रतिवेदन नबुझाएकाका कारण एक्सनमा उत्रन नपाएको लाचार जवाफ दिइरहेका छन् । लामो समयदेखि खुलामञ्च अतिक्रमण भइरहे पनि आफूले भर्खरै (चैत २४ गते) थाहा पाएको भन्दै मेयर शाक्य उपमेयरको आलोचनामा व्यस्त रहेका बेला पूर्वमेयर स्थापितचाहिँ प्रश्न गर्छन्– खुल्लमखुल्ला बलात्कार भइरहेको छ, के को छानविन ? एक्सनमा उत्रिनुपर्छ ।

यो पनि पढ्नुहोस विद्यासुन्दर भन्छन्– खुल्लामञ्चमा डोजर लगाइन्छ, उपमेयरलाई पर्खेर बसिन्न

अनलाइनखबरसँगको कुराकानीमा पूर्वमेयर स्थापितले मेयर विद्यासुन्दर शाक्यलाई छिटो ‘एक्सन’ मा उत्रन सुझाव दिए ।

खुलामञ्च बिक्री प्रकरणबारे पूर्वमेयर स्थापितको भनाइ, उनकै शब्दमा–

खुलामञ्च बिक्री भएको सवाल कुनै समस्या या विवाद नै हैन । यो त सार्वजनिक स्थानमा सबैको आँखै अगाडि भएको बलात्कार जस्तो हो । यो अपराध हो । अपराधी दण्डित हुनुपर्छ र अपराधिक मानसिकता भएकालाई त्यसै छाड्नुुहन्न ।

यस्तो विषयमा महानगरपालिकाले लर्‍याङ तर्‍याङ गर्दै जोखाना हेर्नै पर्दैन । मेयर साहबले १५ मिनेटभित्र डोजर पठाउँदा हुन्छ । यो त हाम्रो सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण मात्रै हैन, काठमाडौंको सभ्यतामाथिको बलात्कार नै हो ।

आँखा अगाडि बलात्कार भएको छ भने सुरुमा बचाउन गइहाल्नुपर्‍यो नि ! बलात्कार हुँदै गर्दा नरोकेर जिम्मेवार निकायले छानविन गरेर बस्ने हो र ?

मेयर साहाबले उपमेयरको रिपोर्ट कुरिरहनुभएको छ भन्ने सुन्छु । यो रिपोर्ट कुनै जरुरी छैन । किन कुर्नुपर्‍यो रिपोर्ट ? आँखै अगाडि सार्वजनिक खुला क्षेत्रको दोहन भएको देखिसकियो त ! अब सीधै एक्सनमा जाने हो, एक मिनेट पनि ढिला नगर्दा हुन्छ ।

यो पनि पढ्नुहोस बिक्रीमा खुलामञ्च !

को–को मान्छे दोषी हो भन्ने पछि छानविन गर्दा हुन्छ । यो शुक्रबारबाट डोजर लगाउन सुरु गरियो भने शनिबारसम्म सबै उडाउनुपर्छ ।

राम्रो काम गर्दा जनताले साथ दिन्छन् । मेयरले ‘म यो काम सुरु गर्दैछु, आउनुस्’ भनेर आह्वान गरेपछि जनता नै आउँछन् । पहरेदारी पनि जनताले नै गर्छ ।

मैले रत्नपार्क र माइतीघरको अतिक्रमण हटाउँदा पनि जनताको सहयोग मागेको थिएँ । खुला मञ्चमा पनि त्यसै गर्दा हुन्छ ।

त्यहाँ डोजर लगाएपछि सबै समान पनि जफत गर्नुपर्छ । केही पनि बाँकी राख्नुपर्दैन । अनि यसरी कानुन विपरीतको काम गर्नेलाई पनि कडा कारवाही गर्नुपर्छ ।

पुरानो बसपार्कमा बन्ने भनिएको काठमाडौं टावरको म्याद गुज्रिसक्यो । काम नै भएको छैन । अब किन त्यसलाई संरक्षण गरिराख्ने ? सम्झौता रद्द गर्दा हुन्छ ।

त्यही लोकेसनको ६ रोपनीमा बनेको काठमाडौं मलबाट कर्मचारी सञ्चय कोषले वर्षमा ३ करोड बढी आर्जन गर्छ । महानगरपालिकाको त्यस्तो प्राइम लोकेसनको २४–२४ रोपनी जग्गा वर्षमा ५० लाख भाडामा दिएको छ ।

यो सम्झौता गर्नेहरुमाथि पनि पनि अनुसन्धान गर्नुपर्छ । त्यहाँ काठमाडौं टावरको सट्टा राष्ट्रिय एकता केन्द्र बनाएर सबै जातजातिको सांस्कृतिक जीवनशैली र भेषभूषालाई प्रदर्शन गर्नुपर्छ ।

यो पनि पढ्नुहोस खुलामञ्च ! कहाँ छ ? (१४ तस्वीर)

यो टावरलाई पटक–पटक म्याद थप्ने गरी अनुचित गठबन्धन भइरहेको छ । यसलाई तोड्नुपर्छ । खुलामञ्चलाई खुला छाड्नुपर्छ ।

अहिले त्यहाँ निर्माण कम्पनीका क्याम्प र समान ल्याएर थुपारिएका छन् । तिमाथि पनि डोजर चलउनुपर्छ । सबै समान जफत गरेर राख्नुपर्छ ।

खुलामञ्चलाई दोहन गर्न बनेको गठनबन्धलाई भत्काउनुपर्छ । जनतको सम्पत्तिको संरक्षण गर्न मेयर आफैं अघि बढ्नुपर्छ । कुनै प्रकारले ढिलाइ गर्नैपर्दैन ।

यो पनि पढ्नुहोस खुल्लामञ्च बिक्रेता यिनै हुन् ? यस्तो रहेछ कालो विगत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment