+
+
Shares

ट्राफिक प्रहरीले सुरु गर्‍यो ‘ठाउँको ठाउँ सुधार’ अभियान, दुर्घटना घटाउने लक्ष्य

टोपराज शर्मा टोपराज शर्मा
२०७६ वैशाख १३ गते ८:०२

१३ वैशाख, बुटवल । बढ्दो सवारी दुर्घटनालाई न्युनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले ‘ठाउँको ठाउँ सुधार’ कार्यक्रम शुरु गरेको छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले एक हप्तासम्म सडक प्रयोगकर्ता र सरोकारवालाहरुसँगको सहकार्यमा ‘ठाउँको ठाउँ सुधार’ कार्यक्रम सुरु गरेको हो ।

साताव्यापी कार्यक्रमबाट दुर्घटना दर प्रतिमहिना ८७ लाई घटाएर ५० मा ल्याउने, घाइते हुने दर प्रतिमहिना ७ सय २ जनाबाट पाँच सयमा ल्याउने र मृत्युदर प्रतिमहिना ४८ जनाबाट ३० जनामा झार्ने लक्ष्य रहेको ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले बताए ।

कार्यक्रम अवधिमा बजार चोक क्षेत्रमा सवारी चालकलाई स्पिड कन्ट्रोल गराउने, पैदल यात्रुलाई जेब्रा क्रसबाट मात्र बाटो काट्न लगाउने, सवारी साधनलाई सडकको दाहिने किनारबाट हिँड्न लगाउने, चालकलाई मोबाइल फोन प्रयोग नगर्न, सिट क्षमता भन्दा बढी यात्रु नराख्न, हेलमेट तथा सिट बेल्टको प्रयोग गर्न, व्यवस्थित पार्किंङ गर्न, सवारी साधनमा फोहोर राख्ने डस्टबिन राख्न लगाइने चन्दले बताए ।

यस्तै ट्राफिक जनचेतनासम्बन्धी पर्चा पम्प्लेट वितरण, पैदल यात्री तथा सर्वसाधारणलाई सडक प्रयोग गर्ने बिधि सिकाउने, सवारी दुर्घटना तथा क्षति न्युनीकरण, सुधार एवं प्रवर्द्धन २०७६ समिति गठन र कार्यक्रमको तर्जुमा लगायत गतिविधि गरिने छन् ।

सडक प्रयोगकर्ता स्वयंसेवकहरुलाई सडकमा सहभागी गराई व्यानर तथा ट्यागहरु लगाएर ‘म तीव्र गतिमा बाइक चलाउँदैन’, ‘मैले सधैं हेलमेट प्रयोग गर्नेछु’, ‘दुई जनाभन्दा बढी चढाउँदैन’, ‘मा.प.से. गरी सवारी चलाउँदैन’, ‘लेन अनुशासन पालना गर्छु’, ‘सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्दिनँ’, ‘सवारीको स्वरुप परिवर्तन गर्दिनँ’ जस्ता प्रतिवद्धता प्रदर्शन गरिने प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा प्रदेश ५ का जिल्लाहरुमा ६ सय ९७ वटा सडक दुर्घटना भएका छन् । यी दुर्घटनामा परेर ३ सय ८४ जनाको ज्यान गएको र ६ सय ४२ जना गम्भीर घाइते भएका छन् । सबैभन्दा बढी दुर्घटना रुपन्देहीमा भएका छन् ।

ट्राफिक प्रहरीले यसअघि दुर्घटना न्यूनीकरणकै लागि तीव्र गति नियन्त्रण गर्न राडार गनको प्रयोगबाट सवारीसाधनको गति मापन, जथाभावी पार्किङ रोक्न ‘चेन लक’ अभियान, लामो दुरीमा दुईजना चालक अनिवार्य, ट्राफिक कम्युनिकेसन एप्लिकेसन प्रयोग, राजमार्गहरुमा रिप|mेस सेन्टर सञ्चालन जस्ता कार्यक्रम गर्दै आएको प्रदेश ट्राफिक प्रहरी प्रमुख चन्दले बताए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?