+
+
Shares

एनआरएन युएई अध्यक्ष प्रहरी नियन्त्रणमा

रुपेश अधिकारी रुपेश अधिकारी
२०७६ वैशाख १४ गते १३:११

१४ वैशाख, यूएई । गैरआवासीय नेपाली संघ (एनआरएन) युएईका अध्यक्ष रमेश श्रेष्ठलाई दुवई प्रहरीले नियन्त्रणमा लिएको छ।

शुक्रबार बरदुवईमा भइरहेको धुर्मुस–सुन्तली साँझ कार्यक्रममा सहभागी भइरहेका बेला श्रेष्ठलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको हो ।

श्रेष्ठलाई नियन्त्रणमा लिनुको कारणबारे प्रहरीले केही पनि खुलाएको छैन । तर, लेनदेन विवादमा उनी पक्राउ परेको हुनसक्ने अनुमान गरिएको छ ।

एनआरएन मध्यपुर्व क्षेत्रीय समिति उपसंयोजक गोपाल कंडेलले श्रेष्ठलाई नियन्त्रणमा लिएकोबारे जानकारी पाए पनि पक्राउन पर्नुको कारणबारे जानकारी हुन नसकेको बताए ।

धुर्मुस–सुन्तली साँझ कार्यक्रम संयोजक चितवन समाज सेवा समितिका अध्यक्ष पशुराम घिमिरेका अनुसार कार्यक्रम स्थलमा सँगै रहेका श्रेष्ठलाई कसैले बोलाएपछि बाहिर निष्किएका थिए । त्यसपछि उनी कार्यक्रम स्थलमा फर्किएनन् । पछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको खबर पाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?