+
+
Shares

नेकपा सांसदको प्रश्न : त्रासको शासनको गन्तव्य लोकतन्त्र नै हो कि निरंकुशतन्त्र ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १८:२०

२४ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेशकुमार मल्लले जेनजी शहीद दिवसका सन्दर्भमा सरकारका मन्त्रीबाट व्यक्त केही विचार अत्यन्तै चिन्ताजनक र खेदजनक रहेको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘अहंकार र दम्भ त्योभन्दा कयौँ गुणा चर्को छ । जुन पहिला–पहिलाका शासकहरूमा देखिन्थ्यो’, सांसद मल्लले भने, ‘उहाँकै भाषामा भन्दा राजनीति सिकाउन आएकाहरूले सुुरु गरेको यो त्रासको शासनको गन्तव्य लोकतन्त्र नै हो कि निरंकुशतन्त्र हो ?’

यो गम्भीर प्रश्‍न खडा भएको भन्दै उनले थपे, ‘सत्तारुढ दलले गम्भीर समीक्षा गरोस् ।’

मंगलबार पुरानो संसद् भवन प्राङगणमा जेनजी शहीद नेपाल र जेनजी शहीद परिवार कल्याणकारी समितिले जेनजी शहीद स्मृति सभा राखेका थिए । प्रमुख अतिथि गृहमन्त्री सुधन गुरुङ थिए । मन्त्रीहरू सोबिता गौतम, महावीर पुन र सुनिल लम्साल अतिथि थिए ।

उक्त कार्यक्रममा मन्त्रीका अभिव्यक्ति अहंकारपूर्ण रहेको भनेर उनले सत्तारुढ दल रास्वपाको ध्यानाकर्षण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?