Comments Add Comment

प्रेमीसँग गराइदिए पत्नीको बिहे, उपहारमा दिए छोरा

सवा अर्बभन्दा धेरै जनसंख्या रहेको छिमेकी मुलुक भारतमा कहिलेकाहीँ यस्ता घटना हुन्छन्, जुन दुनियाँलाई पत्याउन गाह्रो पर्दछ ।

हालै भारतको बिहारस्थित भागलपुरमा यस्तै अनौठो घटना भएको छ । जहाँ एकजना पुरुषले आफ्नै पत्नीको विवाह उनका परपुरुष प्रेमीसँग गराइदिएका छन् । यतिमात्र कहाँ हो र ? पत्नीलाई विवाह गरेर अन्माउँदा उनले आफ्नो अढाई वर्षको छोरालाई उपहारको रुपमा प्रदान गरेका छन् ।

यो विवाहको चर्चा भागलपुरमा निकै छ । धेरै मानिस त त्यो अनौठो विवाहको साक्षी बने ।

ती पुरुष पत्नी र छोरासँगै एउटा भाडाको कोठामा बस्दै आएका थिए । एकदिन एउटा घटनामा उनलाई प्रहरीले पक्राउ गर्छ र उनलाई जेलमा हालिन्छ ।

लोग्नेले जेलमा हावा खाइरहेको बेलामा उनकी पत्नी घरबेटीको छोरासँग नजिकिन पुग्छिन् । मामिला यति अगाडि बढ्छ कि ती महिला र घरबेटीको छोराबीच माया प्रेम बस्दछ ।

केही समयपछि लोग्नेचाहिँ जेलबाट छुटेर घर आउँछन् । घर आएपछि उनलाई आफ्नी पत्नी घरबेटीका छोरासँग सल्किएको थाहा हुन्छ । त्यसपछि उनले निकै बोल्ड निर्णय लिन्छन्, जुन सुन्दा उनकी पत्नी छाँगाबाट खसेझैँ भइन् ।

तिमीलाई म घरबेटीका छोरासँग बिहे गराइदिन्छु भनेर जब लोग्नेले भने तब पत्नी अलमलमा परिन् । तर लोग्नेले निधो गरिसकेका थिए । उनले कुरो टुंगाउन पञ्चायत बोलाए । स्थानीय पञ्च तथा गाउँलेहरुले पनि उनकी पत्नी र घरबेटीका छोराबीच बिहे गराउने निर्णयलाई सदर गरिदिए । अन्ततः पञ्चायत कार्यालयमा उनीहरुबीच विहे गराइयो ।

पत्नीको विवाह गराइदिएपछि उनले आफ्नी भूपूपत्नी र उनका नवबेहुलालाई उपहारको रुपमा आफ्नै अढाई वर्षे छोरा सुम्पिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment