Comments Add Comment

पछि हट्यो महानगरपालिका, निजी विद्यालयमा बढाइएको शुल्क खारेज

१२ वैशाख, काठमाडौं । निर्णयको विरोध भएपछि काठमाडौं महानगरपालिका निजी तथा संस्थागत विद्यालयमा गरेको शुल्क वृद्धिको निर्णयबाट पछि हटेको छ । महानगरपालिकाले आफूले वृद्धि गरेको गरेको शुल्क वृद्धिको निर्णय खारेज गरेको छ ।

प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको शिक्षा समितिको बैठकले यस अघि फागुन २६ गतेको निर्णय खारेज गरेको छ । ‘विद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समिति’ले गरेको निर्णय खारेज गर्दै महानगरले आफ्नो बचाउ गरेको छ ।

काठमाडौं महानगरले बिद्यालय शिक्षा व्यवस्थापनका लागि जारी गरेको ‘शिक्षा ऐन-२०७५’ र ‘विद्यालय शिक्षा व्यबस्थापन नियमावली-२०७४’ बमोजिम शुल्क निर्धारण गर्ने अधिकार नगर कार्यपालिकामा मात्र भएको भन्दै शुल्क वृद्धिको निर्णय खारेज गरेको हो ।

अहिलेसम्म नगर कार्यपालिकामा संस्थागत विद्यालयको शुल्क निर्धारण तथा पुनरावलोकनका लागि कुनै पनि प्रस्ताव नआएको महानगरपालिकाको भनाइ छ ।

संस्थागत बिद्यालयले शैक्षिक सत्र २०७५ मा लिइएको शुल्क मात्र लिन पाउने मेयर शाक्यले बताए । संस्थागत बिद्यालयको शुल्कको वैज्ञानिकताका बिषयमा अध्ययन गरेर मात्र हामी निर्णय शाक्यको भनाइ छ ।

‘विद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समिति’ले कार्यपालिकालाई छलेर निर्णय गर्‍यो । यसप्रकारका निर्णय खारेजी हुनुको बिकल्प छैन,’ महानगरको सामाजिक बिकास समितिका संयोजक मुकुन्द रिजालले भने ।

बिद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समितिले शैक्षिक सत्र २०७६ को आधारभूत तह कक्षा १ देखि ५ सम्म ‘घ’ बर्गमा पर्ने बिद्यालयको अधिकतम शुल्क १,६३० कायम गरेको थियो ।

यो पनि पढ्नुहोस काठमाडौं महानगरपालिकाले बढायो निजी विद्यालयको भर्ना शुल्क

गएको २ बर्षअघि यस बर्गका बिद्यालयको शुल्क १,१८१ रुपैयाँ थियो । त्यस्तै ‘ग’ बर्गका बिद्यालयको २,०२४, रुपैयाँ ‘ख’ बर्गका बिद्यालयको २,४१८ रुपैयाँ र ‘क’ बर्गका बिद्यालयको २,८१२ रुपैयाँ तोकिएको थियो ।

शैक्षिक सत्र २०७५ मा यस बर्गका बिद्यालयका लागि अधिकतम शुल्क क्रमशः १५७५,  १९६९ र २३६३ रुपैयाँ कायम थियो । आधारभूत तहकै कक्षा ६ देखि ८ सम्म ‘घ’ बर्गका बिद्यालयको अधिकतम् शुल्क १,९०१ रुपैयाँ, ‘ग’ बर्गका बिद्यालयको २,३५१ रुपैयाँ, ‘ख’ बर्गका बिद्यालयको २,८०१ रुपैयाँ र ‘क’ बर्गका बिद्यालयको ३,२५१ रुपैयाँ तोकिएको थियो ।

यस अघि यी बर्गका बिद्यालयको अधिकतम् शुल्क १३५०, १८००, २२५० र २७०० रुपैयाँ थियो । माध्यमिक तहतर्फ कक्षा ९ र १० मा ‘घ’ बर्गमा पर्ने बिद्यालयको अधिकतम् शुल्क २,५३७ रुपैयाँ तोकेको थियो । थएको बर्ष यी बर्गका बिद्यालयको अधिकतम् शुल्क १,८३८ रुपैयाँ थियो ।

त्यस्तै शैक्षिक सत्र २०७६ का लागि ‘ग’ बर्गका लागि ३,१४९ रुपैयाँ, ‘ख’ बर्गका लागि ३,७६२ रुपैयाँ र क बर्गका लागि ४,३७३ रुपैयाँ अधिकतम् शुल्क तोकिएको थियो । यी बर्गका बिद्यालयमा गएको बर्षको अधिकतम् शुल्क क्रमशः २४५०, ३०६३ र ३६७५ रुपैयाँ थियो ।

यो शुल्क सम्बन्धि व्यवस्था साविक जिल्ला शिक्षा कार्यालय हुँदै महानगरमा आएको हो ।

यो पनि पढ्नुहोस छोराछोरी सरकारी स्कुलमै पढाउने मन छ तर…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment