
बलिउडका नायक अर्जुन रामपालले आफ्नी श्रीमती मेहर जेसियासँग डिभोर्स गरिसकेका छन् । मेहरसँगको लामो समयको बैबाहिक जीवन तोड्ने फैसला उनले लिइसकेका थिए । यसको पछाडि उनको प्रेम सम्बन्धलाई मानिएको छ ।
मेहरसँग डिभोर्स अगाडि नै उनी मोडल गैब्रिएलासँग प्रेम सम्बन्धमा थिए । उनीहरु सार्वजनिक कार्यक्रममा बारम्बार देखिएका त थिए तर उनीहरुले प्रेम स्विकार गरेका थिएनन् । तर, वुधबार अर्जुनको एउटा ट्विटले भने धेरैको होस उडाइदिएको छ ।
अर्जुनले लेखेका छन्–‘तिमी मेरो जिन्दगीमा आउँदा म आफूलाई भाग्यमानी मान्छु । म तिमीसँग मेरो जिन्दगी फेरि सुरु गर्न जाँदैछु । तिमीलाई धेरै धेरै वधाई छ कि, तिमीले मेरो जिन्दगीमा एक नयाँ पाहुनालाई लिएर आउँदैछौ ।’
अर्जुनको यो कुराले पनि स्पष्ट हुन्छ कि, उनकी प्रेमिका गर्भवती छिन् । उनीहरुले शेयर गरेको तस्बिरमा पनि ग्रैबिएलाको बेबी बम्प देखिएको छ ।
उनीहरुले बिहे कहिले गर्ने भन्ने बिषयमा भने केही पनि खुलाएका छैनन् ।
प्रतिक्रिया 4