Comments Add Comment

मोदीविरुद्ध किन चुनावमा उत्रिए फौजी तेजबहादुर ?

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बाराणसीमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । त्यसको एक दिनअघि उनले बनारसमा सात किलोमिटर लामो रोड शो गरेका थिए ।

बनारसमा मोदीलाई कांग्रेसका अजय राय र सपा-बासपा गठबन्धनका शालिनी यादवले चुनौती दिनेछन् ।

प्रधानमन्त्री मोदीले आफ्नो भाषणमा राष्ट्रवाद, देशभक्ति र सेनाको जिकिर गर्न छाड्दैनन् । उनी आफूले सेनालाई बलियो बनाएको दाबी गर्छन् । सेनालाई स्वतन्त्र छाड्दा सर्जिकल स्ट्राइक र एयर स्ट्राइक गर्न सफल भएको बताउँछन् ।

तर बनारसको चुनावी संघर्षमा मोदीलाई चुनौती दिन एक पूर्व फौजी पनि चुनावी मैदानमा उत्रिएका छन् ।

उनको नाम हो तेजबहादुर यादव । यो नाम दुई वर्षअघि निकै चर्चामा आएको थियो, जब उनले सुरक्षाकर्मीलाई दिइने खानाको गुणस्तरबारे प्रश्न उठाएको भिडियो भाइरल भयो । सेनाले यसबारे छानविन गर्दै तेजबहादुरलाई बीएसएफबाट निकालेको थियो ।

हरियाणामा बस्ने तेजबहादुर फौजमाथि राजनीति गर्नेहरुलाई हराउन चुनावी मैदानमा उत्रिएको बताउँछन् । म काशी विश्वनाथको आर्दिवादबाट नक्कली चौकीदारलाई हराउन चाहन्छु । जो मानिस फौजमाथि राजनीति गर्न चाहन्छन्, उनीहरुलाई माथ दिन चाहन्छु । उनीहरुले फौजलाई बदनाम गरेको छ, जवानलाई कमजार बनाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment