Comments Add Comment

लोकतन्त्रविरोधीहरु परिवर्तन उल्ट्याउन खोज्दैछन् : मन्त्री बादल

१५ वैशाख, भोजपुर । गृहमन्त्री रामबहादुर थापा बादलले लोकतन्त्र विरोधीहरु मुलुकको समृद्धि र विकासका लागि लडेर ल्याएको उपलब्धी उल्ट्याउन सलबलाएको आरोप लगाएका छन् ।

जिल्ला प्रशासन कार्यालयको भवन तथा जिल्ला आपतकालीन सञ्चालन केन्द्रको उद्घाटन गर्दै उनले पार्टी एकता भएपछि लोकतन्त्रविरोधीहरु छटपटिएको बताए ।

‘अबको लक्ष्य भनेको समाजवाद हो, विकास र समृद्धिको उच्चतम अवस्थामा मात्र यो सम्भव छ,’ मन्त्री बादलले भने । अहिले पनि अर्बौं खर्बौंको सम्पत्तिका धनी मान्छेहरु भएको तर जनता सँधै गरिब भएकाले विकासलाई तीब्र पार्नुपर्ने मन्त्रीको भनाइ थियो ।

समाजवाद ल्याउन एउटा सशक्त र शक्तिशाली नेतृत्व र संगठन चाहिएकाले पार्टी एकता गरिएको गृहमन्त्री बादलले बताए । नेकपाको सचिवालयमा रहेका मन्त्री बादलले अब गाउँगाउँतहसम्म पार्टीले सभा तथा कार्यकर्तामाझ प्रशिक्षणको तयारी गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment