Comments Add Comment

पुनर्निर्माणका प्राविधिकहरु काममा फर्किए

१६ वैशाख, काठमाडौं । पुनर्निर्मण प्राधिकरणमा कार्यरत प्राविधिकहरु काममा र्फकन सहमत भएका छन् । नेपाल इन्जिनयर्स एशोसिएसनको मध्यस्थातामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकहरुबीच भएको छलफलमा उनीहरुले माग पूरा भएको भन्दै काममा फर्किन सहमत भएका हुन् ।

यसअघि आफ्ना मागहरु पूरा नगरेको भन्दै आन्दोदित भएका प्राविधिकहरुले सामूहिक राजीनामा घोषणा गरेका थिए ।  तर, प्राधिकरणले काममा नगएर व्यवसायिक मूल्य मान्यता कायम गर्न नसके विभागीय कारवाही गर्ने चेतावनी दिएपछि उनीहरु पछि हटेका छन् ।

‘प्राविधिकहरुका माग सम्बोधन भैसकेको अवस्थामा सम्पूर्ण प्राविधिक साथीहरु प्रतिबद्ध भइ काममा लाग्नेछन् । यदि आगामी दिनमा काममा नगइ व्यवसायिक मूल्य मान्यता कायम गर्न नसकेको भेटियो भने त्यस्ता प्राविधिकहरुलाई राष्ट्रिय पुर्निर्माण प्राविधिकरणले विभागीय कार्वाही गर्न सक्नेछ’ सहमतिमा भनिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपीडित जनताको संवेदनशीलता र पुनर्निर्माणको महत्वलाई विशेष ध्यान दिइ काममा लाग्न र गाउँपालिका तथा नगरपालिकाहरुमा पुनर्निर्माण कार्यको नेतृत्व लिन प्राविधिकहरुलाई निर्देशनसमेत दिएका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएसनका महासचिव छविराज पोख्रेलले पनि इन्जिनियरिङ पेशाको गरिमालाई बढाउने गरी काम गर्न आग्रह गर्दै पुनर्निर्माणको कार्यलाई ढिला गर्न र अल्झाउन प्राविधिकहरुलाई छुट नभएको बताए ।

प्राविधिक अविनाश अमरले मागहरु पूरा भएकोमा सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्व र नेपाल इन्जिनियर्स एशोसिएसनका पदाधिकारीहरुलाई धन्यवाद दिएका छन् ।

प्राविधिकहरुले अतिरिक्त भत्ता र सुविधाको माग राखी आन्दोलन गर्दै आएकोमा गत हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले पुनर्निर्माणमा कार्यरत प्राविधिकहरुलाई अतिरिक्त भत्ता र सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment