+
+
Shares

श्रम समझदारीको मस्यौदा टुंग्याउन ओमानको टोली नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १७ गते १०:५६

१७ वैशाख, काठमाडौं । युएईपछि ओमानसँग श्रम समझदारी (एमओयू)को मस्यौदाको छिट्टै टुंगो लाग्ने भएको छ । यसका लागि छलफल गर्न ओमानका श्रम तथा मानव संशाधन अधिकारीलाई बुधबार नेपाल आईपुग्दैछ । यो टोलीसँग काठमाडौंमा दुई दिनसम्म वार्ता हुनेछ ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका अनुसार सम्भवतः यसै चरणको वार्तामार्फत दुबैदेशसँग श्रम समझदारीको मस्यौदामा सहमति जुट्नेछ । ‘हामी यही वार्तामा सहमति जुटाउने प्रयत्न गर्नेछौं,’ मन्त्रालयका एक अधिकारीले भने ।

मलेसियासँग भएको श्रम समझदारीभन्दा पनि उन्नत किसिमबाट एमओयू गर्ने गरी ओमानसँग एमओयूको मस्यौदा टुंग्याउन प्रयत्न हुने मन्त्रालयको दावी छ ।

‘शून्य लागतमा कामदार लैजाने र व्यवसायजन्य स्वास्थ्य सुरक्षाका कुरा हाम्रा प्रमुख मुद्दा हन्’ ती अधिकारीले भने,’हामी एमओयूका लागि हाम्रा न्युनतम् अडानहरु के-के हुन् भन्ने कुरा स्पष्ट ढंगले राख्ने छौं ।’

ओमानसँग दुई चरणमा श्रम समझदारीका लागि मस्यौदा आदानप्रदान भसकेेको छ । पहिलो चरणमा ओमानले पठाएको मस्यौदामा नेपालले चाहेजस्ता विषय उल्लेख नभएकाले नेपाली टोली नै सोही देश पुगेर आˆना एजेन्डा स्पष्टसँग राखेको थियो ।

नेपालले हालै युएईसँग एमओयूको मस्यौदा टुंग्याएको छ । अब ओमानसँग पनि अन्तर्राष्ट्रिय रुपमा स्थापित श्रम अधिकारका सवालहरुलाई सम्बोधन गर्नुपर्ने अडानसहित दोस्रो चरणको वार्ता हुन लागेको हो ।

‘हामी ती देशमा कामदार पठाउने कुरालाई व्यवस्थित र मर्यादित मात्रै बनाउन चाहाँदैनौं, त्यहाँ गएपछि हाम्रा कामदारको सुरक्षा कसरी हुन्छ भन्ने ग्यारेन्टी पनि लिन्छौं,’ मन्त्रालयका एक सहसचिवले भने ।

ओमानसँग भने यसअघि कुनै दुईपक्षीय समझदारी भएको छैन । नेपालले श्रमिकको हक अधिकारलाई केन्ऽमा राखेर निःशुल्क भिसा प्रक्रिया तथा हवाई टिकट, राम्रो सेवा सुविधा, २४ घण्टे बिमा लगायतका मुद्दा समेटेर एमओयू गर्ने तयारी गरेको छ ।

सेवा सुविधा समयमै बैंक खातामै उल्पब्ध गराउनुपर्ने, न्यायमा पहुँच दिनुपर्ने, ठगी रोक्नुपर्ने लगायका विषयमा पनि नेपालले उठाएको छ । पहिलो चरणको वार्ता फलदायी भएकाले दोस्रो चरणको वार्ताबाट सबै विषयमा सहमति जुटाउने योजना छ ।

एमओयू गर्दा श्रमिकलाई व्ययभार नपर्ने गरी आधारभूत अधिकार एवं सुरक्षाको ग्यारेन्टी गर्ने दावी मन्त्रालयको छ । यसअघि नेपाली टोलीले माघ १३ र १४ गते ओमनसँग श्रम समझदारीबारे वार्ता गरेको थियो ।

पारदशी भर्ना प्रक्रिया, शून्य लागतमा श्रमिक लैजाने, श्रमिकको हितमा सम्बन्धित देश जवाफदेही हुनुपर्ने, न्यूनतम तलब सुविधाको ग्यारेन्टी गर्नुपर्ने, अन्तर्राष्ट्रिय श्रम सिद्धान्त, मूल्य मान्यता एवं मापदण्ड अनुसारको व्यवसहार गरिनुपर्ने, कार्यस्थलको वातारण कमदारमैत्री हुनुपर्ने लगायतका विषयलाई नेपालले जोडका साथ उठाएको छ ।

ओभरटाइम, दुर्घटनासहितको २४ घण्टे बीमा हुनुपर्ने, आफन्त बिरामी भएमा तथा गम्भीर घटना भएमा बिदा दिइनुपर्ने, महिला श्रमिकलाई विशेष व्यवहार गर्नुपर्ने, स्वास्थ्य जाँच र भिसा प्रक्रियामा सिन्डिकेट गर्न नहुने लगायतका विषय श्रम समझदारीमै राख्नुपर्ने प्रस्ताव नेपालको छ ।

श्रमिकलाई कुनै समस्या पर्दा न्यायमा सजिलो पहुँच दिइुनुपर्ने लगायतका विषयमा सकेत नेपालले अडान राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?