Comments Add Comment

पत्रकार महर्जन रिहा

१७ वैशाख, काठमाडौं । पत्रकार जितेन्द्र महर्जन रिहा भएका छन् । सर्वाेच्चले बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै मंगलबार पत्रकार महर्जनलाई छोड्न आदेश दिएको हो ।

नेपाल पत्रकार महासंघका तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वाेच्चका न्यायाधीसद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयालको इजलासले रिहाइको आदेश दिएको हो ।

राज्यविरुद्धको मुद्धा लगाइएका पत्रकार महर्जनलाई यसअघि पनि न्यायाधीसद्वय अनिलकुमारमा सिन्हा र डम्मबरबहादुर शाहीको इजलासले रिहाई गर्न आदेश दिएको थियो । तर, रिहाई भए लगत्तै महर्जनलाई प्रहरीले पक्राउ गरेको थियो ।

नेपाल पत्रकार महासंघले महर्जनको रिहाईको माग गर्दै विभिन्न दवावमुलक कार्यक्रम गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment