
निर्माता तथा कलाकार दिपकराज गिरीले कमेडी चलचित्रलाई दोश्रो दर्जाको मानिने गरिएको भन्दै समिक्षकसँग असन्तुष्टी पोखेका छन् । चलचित्र ‘छ माया छपक्कै’को कार्यक्रममा बोल्दै दिपकले भने–‘विदेशमा कमेडी चलचित्रले पनि ४ रेटिङ पाउँछन् । तर, नेपालमा २ भन्दा माथि कहिले उकालो लाग्दैन ।’
दिपकका अनुसार, कमेडी चलचित्रले समाजको गम्भिर कथालाई हाँस्यरसको माध्यमबाट भन्न सक्ने बताए । अरु, बिषयवस्तुका चलचित्रमा यसरी भन्न अप्ठ्यारो भएपनि कमेडी कथाका चलचित्रले भन्न सक्ने उनको भनाई थियो ।
समिक्षक दिपेन्द्र लामालाई लिएर चलचित्र बनाउन लागेका दिपकले समिक्षकलाई निर्देशनको जिम्मा दिएर रेटिङ बढाउन नखोजेको बताए । उनले ब्यङ्ग्य गर्दै भने–‘अहिले मलाई जती रेटिङ मेरा चलचित्र पाइरहेका छन्, त्यो नै ठिक छ । विदेशमा रेटिङ राम्रो पाएका चलचित्र चल्छन्, नेपालमा त्यसको उल्टो छ । रेटिङ बढ्न थाल्यो भने मलाई चिन्ता हुन्छ ।’
दिपकले समिक्षक निर्देशक लिनुको कारण रेटिङ बढाउनु नभएर २० करोडबाट व्यापार २५ करोड पुर्याउनु रहेको समेत बताए ।
प्रतिक्रिया 4