+
+
Shares

भीमफेदी दुर्घटनाका थप तीन मृतकको पहिचान खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते १८:३४

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा आज बिहान भएको ईभी गाडी दुर्घटनाका थप तीन जना मृतकको पहिचान भएको छ ।

दुर्घटना स्थलमा खोजी गर्दा सर्लाहीको शुक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका ३५ वर्षीय राकेश यादव, २८ वर्षीय छोटु राय र अन्दाजी १७ वर्षका सुधेश यादव मृत भेटिएको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

दुर्घटनामा परेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी गाडी सडकबाट करिब ५०० मिटर तल खस्दा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

दुर्घटनाको समयमा गाडीमा चालकसहित २० जना सवार थिए । यसअघि दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएकाको पहिचान भइसकेको छ । ६ जना घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेमा चालकसहित ६ पुरुष, २ महिला र ३ बालिका रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

मृत्यु हुनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का करिब ३० वर्षीय चालक रविशंकर कुमार मण्डल रहेका छन् । अन्य मृतकहरू सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका हुन् ।

मृत्यु हुनेमा २६ वर्षीय बिकेश यादव, ३५ वर्षीय पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनुकुमारी यादव, अन्दाजी ३५ वर्षीय गुड्डु यादव, ३० वर्षीया गायत्री देवी, २५ वर्षीय रामदुलार यादव, २४ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव रहेको डिएसपी काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?