Comments Add Comment

एपीएफले जित्यो राष्ट्रिय महिला भलिबलको उपाधि

काठमाडौं । पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । मंगलबार भएको फाइनलमा आर्मीलाई ३-० को सोझो सेटमा हराउँदै एपीएफल लगातार पाँचौ पटक च्याम्पियान बनेको हो ।

एपीएफले आर्मीलाई २५-१४,२९-९ र २५-१५ को सोझो सेटमा पराजित गरेको थियो । उसले २ लाख हात पारेको छ भने आर्मीले १ लाखमा चित्त बुझायो ।

एपीएफको जितमा उत्कृष्ट खेलाडीको उपाधि जितेकी सरस्वती चौधरीले स्पाईकमार्फत २७ अंक, ब्लकमा ८ र सर्भिसबाट १ अंकको योगदान दिएकी थिइन् । फाइनल खेलकी वुमन अफ दि म्याच चुनिएकी नेभिका चौधरीले स्पाईकमा २३ अंक जोड्दा ब्लकमा ६ र सर्भिसबाट १ अंकको योगदान पुर्याइन् । एपिएफकै हिरा केसीले टिमका लागि स्पाईक र ब्लकबाट ९/९ अंक जोडिन् ।

उपबिजेता बनेको आर्मीकी निरुता ढंगुन्ना १३ अंक, सुनिता खड्काले १२ अंक तथा सोफिया पुनले ९ अंकको योगदान दिएका थिए ।

शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा होङगान्जी न्यृडायमण्ड तेस्रो भयो । न्युडायमण्डले नेपाल पुलिसलाई २५-२२,२५-१८ र २५-२२ को सोझो सेटमा हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment