Comments Add Comment

मामाले दोस्रो बिहे गर्दा भान्जाको अपहरण

१७ वैशाख, सप्तरी । राजगढ गाउँपालिका ३ नर्घोका जागेश्वर यादवका १२ वर्षीय छोरा लक्ष्मण शुक्रबार मामा भोलेन्द्र यादवको बिहेमा जन्ती गए । राजगढ गाउँपालिकामै गएको जन्ती बेहुलीलाई लिएर फर्कियो तर, लक्ष्मण आएनन् । भोलेन्द्रले जिल्ला प्रहरी कार्यालय आएर आइतबार हुलियासहित भान्जा हराएको भन्दै निवेदन दिएका थिए ।

लक्ष्मणको प्रहरीले सोमबार राति भारतबाट उद्दार गरेको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले जानकारी दिए । उनका अनुसार बिहार राज्य अन्तर्गत दरभंगा र सितामढीको बीचमा रहेको एक ढावाबाट उद्दार गरिएको हो ।

भोगेन्द्रले अर्काे विवाह गरेपछि उनलाई भान्जालाई अपहरण प्रहरीको अनुसन्धानले देखाएको छ ।

मामाको दोस्रो विवाह, भान्जाको अपहरण 

बालकको उद्दारपछि सप्तरी प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी घटनाको नालीबेली सुनाएको छ । बिष्टका अनुसार निवेदन परे लगतै बालक अपहरण परेको निष्कर्ष निकाल्दै चार वटा टोली खोजीमा जुटेको थियो ।

मुम्बईमा काम गरिरहेका बालकका पिता तथा गाउँमा रहेका ठूलो बुवा वीरेन्द्रलाई अपहरणकारीले ५० लाख फिरौती मागेको सूचना पनि प्रहरीलाई थियो । तर, प्रहरीले खोजी तीव्र बनाएपछि अपहरणकारीले बालकलाई एउटा ढाबा (होटल) मालिकको जिम्मा लगाएर भागेको छ ।

‘ढावाबालालाई नेपालबाट मान्छे लिन आउँछ, अनि दिनुहोला भनेर अपहरणकारीले भनेका रहेछन्’ एसपी बिष्टले भने, ‘हामी त्यहाँ पुग्दा ठूलो भीड जम्मा भइसकेको रहेछ । हामीमाथि नै आक्रमण गरौं झै गरे ।’

उनका अनुसार उद्दार गर्दा बालकलाई मिठाईमा नशालु पदार्थ मिसाएर लठ्ठ पारिएको भेटिएको छ । प्रहरीले बालक अपहरणमा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रहरी श्रोतको दाबीलाई मान्ने हो भने नियन्त्रणमा लिएएका तीन जना अपहपरित बालकका मामा भोलेन्द्रकी जेठी श्रीमतीका माइती पक्षका व्यक्ति हुन् ।

भोलेन्द्रले केही वर्षअघि सप्तरीकै महदेवा गाउँपालिका निवासी एक युवतीसँग बिहे भएको थियो । तर, सम्बन्ध राम्रो भएन । पारिवारिक कलह सुरु भयो । दुबैले सप्तरी जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरे । भोलेन्द्रले अर्काे बिहे गर्ने निर्णय गरे । अपहरित बालक लक्ष्मणकी आमा (भोलेन्द्रकी दिदी) ले केटी खोज्न सहयोग गरिन् र शुक्रबार बिहे भयो ।

‘आफ्नी चेलीलाई छाडेर भोलेन्द्रले अर्की युवतीसँग विवाह गर्न लागेको खबरले उनका जेठी पत्नीको माइती पक्ष विरक्तियो र, बदला लिने खोजे’ प्रहरी श्रोतले भन्छ, ‘उनीहरुको निगरानीमा लक्ष्मण नै परे ।’

जन्ती गएका लक्ष्मण शौच गर्न बाहिर आएको समयमा दुई जना मिलेर उनलाई मोटरसाइकलमा राखेर अपहरण गरेको प्रहरीले जनाएको छ । अपहरणमा संलग्न भएको आरोपमा प्रहरीले भोलेन्द्रकी जेठी पत्नीका पिता, सालोको छोरा र आफन्तलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment