Comments Add Comment

भन्सार नीतिले स्वदेशी स्यानेटरी उद्योगलाई टिक्नै गाह्रो

१७ वैशाख, काठमाडौं । कुल स्यानेटिरी बजारको १० हिस्सा ओगटेको नेपाली उद्योगहरु समस्यामा परेका छन् । विरगंज र काठमाडौँ स्थित उद्योगहरु बन्द भइसकेको अवस्था र विराटनगर र बुटवल स्थित उद्योगहरु पनि आंशीक रुपमा मात्र संचालनमा छन् ।

नेपालमा हाल वर्षमा १६ करोड थान  स्यानेटरी प्याडको माग छ । वेवी डायपरको माग १३ करोड थान छ । नेपालमा वर्षमा ४१ करोड थान स्यानेटरी प्याड र २५ करोड थान वेवी डायपर उत्पादनको क्षमता रहेको दावी उद्योगहरुको छ ।

तर, तयारी वस्तुको भन्सार महसुल १५ प्रतिशत रहँदा कच्चा पदार्थको भन्सार मूल्य भने १५-३५ प्रतिशत रहेकाले नेपाली उद्योगहरु प्रतिस्पर्धा गर्ने स्थितिमा नरेको उद्योगीहरु बताउँछन् ।

यसै कारण नेपाली बजारको मागको ९० प्रतिशत आपूर्ति आयातित तयारी स्योनेटरी प्याड तथा वेवी डायपरबाट भइरहेको छ ।

यस्तै परिस्थिति कायम रहने हो भने यी उद्योगहरु पनि बन्द हुन बेर नलाग्ने चेतावनी उदोगहरुले दिएका छन् । भारतीय टिभी च्यानलद्घारा नेपालमा देखाइने विज्ञापनहरुले थप मारमा परेको उनीहरु बताउँछन् ।

आयात प्रतिस्थापन गर्नलाई स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण दिई महिला स्वास्थ तथा सशक्तिकरणलाई टेवा पुर्‍याउन सरकारले आगामी बजेटमा महसुल सम्बन्धि आवश्यक परिवर्तन गर्नु पर्ने माग उद्योगीको छ ।

नेपाल सरकारले दूई वर्ष अघि नै सेनेटरी प्याडलाई अत्यावश्यक सूचीमा सुचीकृत गरिसकेको छ । स्यानेटरी प्याड सुपथ मूल्य र सर्वसुलभका साथ उपलब्ध गराउन नेपालमा नै ठूलो लगानी लगाएर अत्याधुनिक मेशीन जडान गरि विश्वस्तरिय गुणस्तरको उत्पादन गर्न सक्ने पाचवटा उद्योगहरु स्थापना भएका छन् ।

विराटनगर हमाल जस्मिन हाइजिन प्रोडक्ट्स, बुटवलको एजी हेल्थ केयर, विरगंजको इन्टरनेशनल हाइजिन प्रोडक्ट्स, काठमाडौँको म्याग्ना म्याक्स प्रालि र विराटनगरको हेल्थ एण्ड हाइजिन प्रोडक्ट्सले स्यानेटरी प्याड उत्पादन गर्छन् ।

जस्मिन हाइजिन प्रोडक्ट्स र एजी हेल्थले शिशुहरुको लागि डायपर पनि उत्पादन गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment