Comments Add Comment

च्याम्पियन्स लिग सेमिफाइनल : टोटनहृयाम कि आयाक्स ?

काठमाडौं । च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा मंगलबार राति इंग्लिस क्लब टोटनहृयाम र नेदरल्याण्ड्सको क्लब आयाक्सबीच खेल हुँदैछ ।

टोटनहृयामको मैदानमा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ । च्याम्पियन्स लिग सेमिफाइनलमा पुग्दा एउटा सपना बाँचिरहेको प्रतिक्रिया दिएका टोटनहृयामका प्रशिक्षक मोउरिसियो पोचेटिनोलाई मुख्य खेलाडीको चोटले सताएको छ ।

टोटनहृयामका मुख्य खेलाडी हृयारी केन र सन हृयुङ मिन भने सेमिफाइनल पहिलो लेगमा मैदानमा हुने छैनन् । केन घुँडाको चोटका कारण समस्यामा छन् भने सन एक खेलको प्रतिबन्धमा छन् ।

यस्तै फर्नान्डो लोरेन्टेलाई बेन्चमा राखेर लुकास मोउरालाई खेलाउने तयारीमा पोचेटिनो रहेका छन् ।

अउरियर, लामेला र हृयारी विङ्ग्स पनि घाइते रहेकाले टिममा हुने छैनन् । मोउराले सुरुवाती चरणमा खेल्न पाउने कुरा आˆना लागि महत्वपूर्ण रहेको बताएका छन् । ‘यो मेरा लागि ठूलो अवसर हो । यसलाई सदुपयोग गर्न सक्नुपर्छ’ उनले भनेका छन् ।

अर्कातिर रियल मडि्रड र युभेन्टस जस्ता टिमलाई पाखा लगाएर आयाक्सको युवा टिम बलियो मनस्थितिमा छ । त्यसैले खेल प्रतिस्पर्धात्मक हुने तर जितका लागि पूरा मेहनत गर्ने प्रशिक्षक पोचेटिनोले बताए ।

पहिलोपटक च्याम्पियन्स लिग सेमिफाइनलमा पुगेकाले टोटनहृयामका समर्थक घरेलु मैदानमा उर्लने निश्चित छ । दर्शकको साथ रहने हुनाले पनि आफूहरु निर्धक्क रहेको प्रशिक्षको भनाइ छ ।

सन् १९६२ को युरोपियन कपमा भने टोटनहृयाम सेमिफाइनलसम्म पुगेको थियो ।

आयाक्सका प्रशिक्षक एरिक टेन हृयागले यसअघिका खेलमा जस्तै टोटनहृयामविरुद्ध पनि अट्याकमा नै बढेर जाने बताएका छन् । ‘रियल मडि्रड र युभेन्टसविरुद्ध जस्तै सकारात्मक रहेर हामी मैदानमा जाने छौँ’ उनले भनेका छन् ।

आयाक्सले ४-२-१-३ को फर्मेसनमा खेल्ने सम्भावना छ । टोटनहृयामको फर्मेसन ४-२-३-१ को रहने अनुमान गरिएको छ ।

यसअघि १९८१-८२ को कप विनर्स कपका बेला भएको भेटमा टोटनहृयामले आयाक्सलाई पहिलो लेगमा ३-१ र दोस्रो लेगमा ३-० ले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment