+
+

प्रोपोगाण्डा गरेर असफल बनाउन खोजियो : मुख्यमन्त्री पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १८ गते १७:२३

१८ वैशाख, बुटवल । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सरकारलाई असफल बनाउने प्रयास भइरहेको बताएका छन् । सरकारको गति देखेर विपक्षीहरु बदनाम गराउने खेलमा लागेको उनको दाबी छ ।

मजदूर दिवसको अजसरमा बुधबार बुटवलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने, देश सुधारका प्रयासहरू सहन नसकेर केही शक्तिहरूले विभिन्न प्रोपोगाण्डा गरी सरकारलाई असफल बनाउन खोजिरहेका छन् तर, देश बनेरै छाड्छ ।’

अहिले सरकारको विरोध गर्नेहरु एक वर्षपछि समर्थन गर्न पाइपुग्ने उनको दाबी छ । संघीय, प्रदेश र स्थानीय तहका धेरै नेकपाको सरकार रहेको भन्दै उनले तीनै तह मिलेर काम गर्ने र देशलाई समृद्ध बनाएर छाड्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?