Comments Add Comment

बालुवा झिक्न एक्साभेटरले खनेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

१८ वैशाख, हेटौंडा । नदीजन्य पदार्थको अनधिकृत रुपमा उत्खनन गर्दा बनेको खाडलमा परी पश्चिम मकवानपुरको मनहरी खोलामा एक बालिकाको मृत्यु भएको छ ।

मनहरी गाउँपालिका ७ लामाबस्तीकी १३ वर्षकी तुलसी मोक्तानको यस्तो खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोक्तान मनहरीस्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्यनरत थिइन् । प्याङ्चेभन्दा मुनि मनहरी खोलाको किनारमा गिट्टी बालुवा उत्खननको क्रममा एक्साभेटरले बनाएको गहिरो खाल्डोमा जमेको पानीमा डुब्दा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडी खेल्न गएका चारजना साथीमध्ये मोक्तान हराएपछि साथीहरुले घरमा खबर गरिदिएका थिए ।

अभिभावक, प्रहरी र स्थानीयबासी मिलेर जमेको पानी निकास निकालेर खोज्दा सिर्जनाको शव भेटिएको थियो ।

राजमार्ग अवरुद्ध

उत्खननको क्रममा स्थानीय निकायले अनुगमन नगरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । उनीहरुले पुर्वपश्चिम राजमार्ग अबरुद्ध गर्दै उत्खननको अनुगमन र दोषीलाई कारबाहीको माग गरेका छन् ।

इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक वीरेन्द्र पनेरुले घटनाको अनुसन्धान थालिएको बताए । उनले खाडल गहिरो भएका कारण बालिकाको मृत्यु भएको जानकारी दिए ।

खाडलमा डुवेकी बालिकाको शब निकाल्नका लागि डोजरको प्रयोग गरिएको थियो । राजमार्ग अबरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक सागर विक्रम राणा सहितको थप प्रहरी टोली घटनास्थल गएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment