Comments Add Comment

‘डी सिने अवार्ड’मा नम्रता उत्कृष्ट नायिका, ‘छक्का पन्जा ३’ बेष्ट फिल्म(फोटो फिचरसहित)

वैशाख महिना लागेसँगै अब नेपाली चलचित्रका विभिन्न नाममा आयोजना हुने अवार्डको सुरुवात हुन थालेको छ । यो बर्षकै पहिलो अवार्डको रुपमा ‘डी सिने अवार्ड २०७६’ काठमाण्डौको हिरारत्न हलमा आयोजना भएको छ ।

चलचित्रकर्मीहरुको निकै नै फितलो उपस्थितीमा आयोजित अवार्ड समारोहमा नायिका नम्रता श्रेष्ठले चलचित्र ‘प्रसाद’बाट उत्कृष्ट नायिकाको अवार्ड जितिन् । यस्तै, नायक सलिनमान बनियाँले चलचित्र ‘यात्रा’बाट उत्कृष्ट नायकको अवार्ड जिते ।



यो अवार्डमा ‘छक्का पन्जा ३’ उत्कृष्ट चलचित्र बन्यो भने यही चलचित्रबाट उत्कृष्ट निर्देशकको रुपमा दीपाश्री निरौलाले अवार्ड जितिन् । अवार्ड समारोहमा कलाकार निर शाहलाई ‘लाइफटाइम लिजेन्ड्री अवार्ड’ प्रदान गरिएको थियो । यस्तै, छायाछवि रजत सम्मानबाट गायिका देविका बन्दना र निर्देशक शोभित बस्नेतलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा छायाछवि चलचित्र पत्रकारिता पुरस्कारबाट ३ दशकसँग रंग पत्रकारितामा सक्रिय पत्रकार अनन्त वाग्लेलाई सम्मानित गरिएको थियो । अवार्डमा ‘पपुलर चलचित्र’को रुपमा गतबर्ष आक्रामक व्यापार गर्न सफल चलचित्र ‘ए मेरो हजुर ३’लाई अवार्ड प्रदान गरियो भने ‘क्रिटिक्स अवार्ड’ चलचित्र ‘यात्रा’ले प्राप्त गर्यो । जुरी अवार्ड चलचित्र ‘डमरुको डन्डिबियो’ले प्राप्त गरेको अवार्ड समारोहमा श्रीदेव भट्टराइलाई इन्करेजमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

यी बाहेक अन्य विधामा अवार्ड प्राप्त गर्न सफल चलचित्र र चलचित्रकर्मीको नाम यसप्रकार छः

उत्कृष्ट पाश्र्वसंगीत – जेसन कुवर, प्रवेश मल्लिक (भोर)

उत्कृष्ट साउण्ड डिजाइन – मुकेश शाह (डमरुको डण्डीवियो)

उत्कृष्ट गीतकार – राजेश श्रेष्ठ- फूल होईन (रोज)

उत्कृष्ट गायिका – विन्दु परियार – पहिलो नम्बरमा (छक्का पञ्जा –३)

उत्कृष्ट गायक – डेविड शंकर – पहिलो नम्बरमा (छक्का पञ्जा –३)

उत्कृष्ट लोक संगीत संगीतकार – दीपक शर्मा -पहिलो नम्बरमा (छक्का पञ्जा –३)

उत्कृष्ट संगीतकार – एलिस कार्की -फूल होइन (रोज)

उत्कृष्ट लोकगीत नृत्य निर्देशक – बसन्त श्रेष्ठ – उम्लियो भने (जय भोले)

उत्कृष्ट नृत्य निर्देशक – कविराज गहतराज – तिम्रो लागि (राम काहानी)

उत्कृष्ट द्वन्द्व निर्देशक – हिमाल के. सी (यात्रा : अ म्यूजिकल भ्लग)

उत्कृष्ट बालकलाकार – एञ्जल राई (हैरान)

उत्कृष्ट हाँस्यकलाकार – केदार घिमिरे (छक्का पञ्जा –३)

उत्कृष्ट खलपात्र – माओत्से गुरुङ (चङ्गा चेट)

उत्कृष्ट कथा – दीपेन्द्र लामा (गोपी)

उत्कृष्ट पटकथा – सम्राट शाक्य (यात्रा : अ म्यूजिकल भ्लग)

उत्कृष्ट संवाद – सुशील पौडेल (प्रसाद)

नव नायिका – सुहाना थापा (ए मेरो हजुर ३)

उत्कृष्ट नव नायक – घिरज मगर (इन्टु मिन्टु लण्डनमा)

उत्कृष्ट नव निर्देशक – सम्राट शाक्य (यात्रा : अ म्यूजिकल भ्लग)

उत्कृष्ट चरित्र अभिनेत्री – लक्ष्मी गिरी (छक्का पञ्जा –३)

उत्कृष्ट चरित्र अभिनेता – सरोज खनाल (क्याप्टेन)

उत्कृष्ट सह–अभिनेत्री – नम्रता सापकोटा (समर लभ)

उत्कृष्ट सह–अभिनेता – शलोन बस्नेत (यात्रा : अ म्यूजिकल भ्लग)

उत्कृष्ट छायाँकार – सञ्जय लामा (ए मेरो हजुर –३)

उत्कृष्ट सम्पादक – विपिन मल्ल (छक्का पञ्जा –३)

उत्कृष्ट अभिनेत्री – नम्रता श्रेष्ठ (प्रसाद)

उत्कृष्ट अभिनेता – सलिनमान बनिया (यात्रा :अ म्यूजिकल भ्लग)

उत्कृष्ट निर्देशक – दीपाश्री निरौला (छक्का पञ्जा –३)

उत्कृष्ट पपुलर चलचित्र – ए मेरो हजुर –३ (सुहाना इन्टरटेनमेन्ट)

क्रिटिक्स​ अवार्ड​ – यात्रा : अ म्युजिकल​ भ्ल​ग​

जुरि अवार्ड​ – डमरुको डण्डीवियो

ईन्करेज​मेन्ट​ अवार्ड​ – श्रीदेव भट्टराई (सुकुल​गुण्डा)

उत्कृष्ट फिल्म – छक्का पञ्ज –३ (आमा सरस्वती मुभिज)

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment