Comments Add Comment

प्रियंकाले धोका दिदा कट्रिनाले मिहिनेत गर्न पाइनन्

यस वर्षको प्रतिक्षित बलिउड चलचित्र हो, ‘भारत’ । नायक सलमान खान र नायिका कट्रिना कैफ स्टारर उक्त चलचित्रलाई धेरै दर्शकले प्रतिक्षा गरिरहेका छन् । ट्रेलर र गीतमा आएको प्रतिक्रियाबाट पनि दर्शकले यो चलचित्रलाई प्रतिक्षा गरिरहको थाहा पाउन सकिन्छ ।

यस्तैमा ‘भारत’को विषयमा एक नयाँ खुलासा भएको छ । यो चलचित्रमा नायिका प्रियंका चोपडा अनुबन्धित थिइन् । तर, पछि उनले समय दिइनन् । प्रियंकाले चलचित्र नगर्ने भएपछि कट्रिनालाई चलचित्रमा भित्राइएको थियो । नायक सलमानले नै यो कुराको खुलासा गरेका हुन् ।

एक बलिउड मिडियामा अन्तर्वार्ता दिने क्रममा कट्रिनालाई यो चलचित्रका लागि गरेको मिहिनेतको बिषयमा प्रश्न गरिएको थियो । उक्त प्रश्नमा सलमानले पनि जबाफ फर्काए । उनले भनेका छन्– ‘हामीले प्रियंका चोपडालाई चलचित्रमा लिएका थियौँ । तर, सुटिङको एक महिना अगाडि आएर उहाँले चलचित्र नगर्ने भन्नुभयो । त्यसपछि कट्रिनालाई लिएका हौँ । कट्रिनाले धेरै समय दिएर मिहिनेत गर्न पाएकी छैनन् ।’

तर, छोटो समयमा नै कट्रिनाले आफूलाई चलचित्रको पात्रलाई न्याय दिन सक्ने बनाएको सलमानले बताए । उनले भने–‘कट्रिनाको काम राम्रो भएको छ ।’ अलीअब्बास जफर निर्देशित यो चलचित्र इदको अवसर पारेर रिलिज हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment