+

डेब्यु खेलको पहिलो हाफमै सावित्राको ह्याट्रिकसहित चार गोल

२०७६ वैशाख  २३ गते १८:१५ २०७६ वैशाख २३ गते १८:१५
डेब्यु खेलको पहिलो हाफमै सावित्राको ह्याट्रिकसहित चार गोल

२३ वैशाख, काठमाडौं । सावित्रा भण्डारीले सेथु क्लबबाट भारतमा जारी इन्डियन महिला फुटबल लिग पहिलो हाफमै ह्याट्रिकसहित चार गोल गरेकी छिन् ।

सावित्राले लिग अन्तर्गत गुरु नानक रंगशालामा सेथु एफसीबाट मनिपुर पुलिस स्पोर्टस् क्लबविरुद्ध पहिलो हाफमै चार गोल गर्न सफल भइन् । सावित्राले खेलको २९ सेकेन्डमै गोल गर्दै सेथु एफसीलाई अग्रता दिलाएकी थिइन् । सावित्राको यो गोल टाइमिङ जारी इन्डियन महिला फुटबल लिगको सबैभन्दा छिटो गोल हो ।

खेलको १६औं मिनेटमा अर्को गोल थप्दै सावित्राले ब्यक्तिगत दोस्रो गोल गरिन् । खेलको ३४औं मिनेटमा सावित्राले अर्को गोल थप्दै ह्याट्रिक पूरा गरिन् । त्यस्तै, पहिलो हाफको अन्तिम समयमा अर्को गोल थप्दै सावित्राले चार गोल गरिन् ।

पहिलो हाफसम्ममा सेथु एफसीले मनिपुर पुलिस स्पोर्टस् क्लबविरुद्ध ४-२ गोलको अग्रता बनाएको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय