Comments Add Comment

र्‍याफटिङ टोली अस्ट्रेलिया जाँदै

२३ वैशाख, काठमाडौं । विश्व र्‍याफटिङ च्याम्पियनसिपमा सहभागी हुने आठ सदस्यीय नेपाली टिम मंगलबार अष्ट्रेलिया जादैछ ।

मे १३ देखि २० तारिखसम्म अष्ट्रेलियामा हुने विश्व र्‍याफटिङ च्याम्पियनसिपमा भाग लिने ७ खेलाडीसहित ८ सदस्यीय नेपाली टोलीलाई आज युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले विदाई गरे । प्रतियोगितामा शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दिपेश गुरुङ, सविन गुरुङ, सुनिल गुरुङ र रबिल मियाले पुरुष खुला टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा सुरज गुरुङ रहेका छन् ।

टिममा २५० मिटरको स्पि्रन्ट, ३५० मिटरको हेड टु हेड, ४५० मिटरको स्लालम र २१-२५ मिटरको डाउन रिभर रेसमा प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । नेपालले मे १६ तारिखमा स्प्रिन्ट, मे १७ मा हेड टु हेड, मे १८ मा स्लालम र मे १९ मा डाउन रिभर रेसमा सहभागिता जनाउने छ ।

नेपालले विश्व च्याम्पियनसिपमा दोस्रो पटक सहभागिता जनाउन लागेको हो । २०१७ मा जापानमा भएको विश्व च्याम्पियनसिपमा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो । प्रतियोगितामा २९ राष्ट्रको सहभागिता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment