Comments Add Comment

समलिंगी भूमिकामा आयुष्मान

बलिउडका सफल नायक आयुष्मान खुराना नयाँ चलचित्रमा काम गर्ने तयारीमा छन् । उनी सफल चलचित्र ‘शुभ मंगल सावधान’ चलचित्रको सिक्वेलमा काम गर्ने तयारी गरिरहेका छन् । हालै यो चलचित्रको बारेमा नयाँ खबर बाहिरिएको छ । निर्माण युनिटले यो चलचित्रको कथा लिक भएको बताएको छ । खबरका अनुसार यो चलचित्र समलिंगीको कथामा निर्माण हुदैछ । चलचित्रमा आयुष्मान खुराना ‘गे’को भूमिका निर्वाह गर्दैछन् । आयुष्मानले केही समय अगाडि आफूलाई समलिंगीको भूमिका गर्न मन भएको बताउँदै आएका थिए ।

यो चलचित्रले एक युवाको कथा प्रस्तुत गर्नेछ जो समलिंगीप्रति आकर्षित छ । आफ्नो यो बानीबाट निकै दिक्क भएको यूवालाई चलचित्रको केन्द्रिय पात्रको रुपमा चित्रण गरिदैछ । चलचित्रमा उक्त युवाले भोग्नु पर्ने दुख, पीडा र उसको मनोभावलाई प्रस्तुत गरिनेछ । यो चलचित्रलाई आनन्द एल रायले निर्माण गर्नेछन् ।

आजबाट आयुष्मानले अर्को नयाँ चलचित्रको छायांकन पनि सुरु गरेका छन् । उनले आजबाट छायांकन सुरु गरेको ‘बाला’ नामक चलचित्रलाई ‘स्त्री’ निर्देशक अमर कौशिकले निर्देशन गरिरहेका छन् । यो चलचित्रको काम सकिएपछि आयुष्मानले समलिंगी भूमिकाको चलचित्रमा काम गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment