Comments Add Comment

बर्दिवासका सुकुम्बासी र मुसहरका लागि घर बनाउँदै नगरपालिका

२५ वैशाख, काठमाडौं । बर्दिवास नगरभित्रपालिकाले सुकुम्बासी र मुसहरका लागि घर निर्माण गरिदिने भएको छ ।जनता आवास कार्यक्रमअन्तर्गत नगरपालिकाले ३६ घर निर्माण गर्न लागेको हो ।

नगरपालिकाको वडा नम्बर ६, ८ र १२ का सुकुम्बासी र मुसहरका निम्ति घर निमार्ण कार्य सुरु गरिएको बर्दिवास नगरपालिकाका नगर प्रमुख विदुरकुमार कार्कीले जानकारी दिए ।

३ करोड लागतमा निर्माण हुन लागेका घर १ तलाको भूकम्प प्रतिरोधी हुने बर्दिबास नगरपालिकाका प्रमुख इन्जिनियर टेकबहादुर कटुवालले बताए । उनका अनुसार, ४ कोठाको घरमा शौचालयसहितको खानेपानी सुविधा हुनेछ ।

नगरपालिकाले प्रतिघर निर्माणमा ७ लाख ५० हजार खर्च लाग्ने अनुमान गरेको छ । ३६ मध्ये १० घर यही आर्थिक वर्षभित्र सकिने नगरप्रमुख कार्कीले दाबी गरे ।
कामको गुणस्तर र समयमा सम्झौता नगरी निर्धारित समयमा नै निर्माण कार्य सक्ने नगरप्रमुख कार्कीले बताए ।

निर्माण गरिएका घर वडाध्यक्षको सिफारिसमा सुकुम्बासी र कच्ची घरमा बस्दै आएकालाई वितरण गर्ने नगरपालिकाले जनाएको छ ।

यसैबीच, नगरपालिकाले फुसको (खर,परालले छाएको) ८० कच्ची घरकोे छानो फेर्ने कार्यक्रम पनि अघि सारेको छ । त्यसका लागि नगरपालिकाले प्रत्येक घरले ५० हजार रुपैयाँ पाउने गरी बजेट छुट्याएको नगर प्रमुख कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment