Comments Add Comment

‘भीभो एपेक्स’ नेपालमा सार्वजनिक

भीभो नेपालले आफ्नो दोस्रो कन्सेप्ट स्मार्टफोन ‘भीभो एपेक्स २०१९’ नेपालमा प्रदर्शन गरेको छ।

कम्पनीले पहिलो पटक नेपालमा सुपर युनिबडी डिजाइनमा रहेको एपेक्स २०१९ को मिडिया लन्च गरेको हो।

इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ्ग टेक्नोलोजी

निरन्तर विभिन्न आविश्कारीक प्रविधिहरुको बिकास र बिस्तारमा लागिरहेको कम्पनीले मोबाइल उद्योगमा नै नेतृत्वदायीरुपमा पहिलो पटक इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ्ग टेक्नोलोजी विकास गरेको हो।

कम्पनीले हालसम्म १ करोड बढी इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ्ग स्मार्टफोनहरु बिक्री गरिसकेको छ।
कम्पनीका अनुसार भीभो एपेक्समा भएको सुपर युनिबडी डिजाइनले कम्पनीले स्मार्टफोनको डिस्प्लेलाई थप महत्व प्रदान गरेको छ ।

यो फोनको डिजाइनले गर्दा स्मार्टफोन समात्न सजिलो हुन्छ भने फोनसँग अन्तरक्रिया सजिलोसँग गर्न सकिन्छ ।

कम्पनीले यही स्मार्टफोनको कन्सेप्टको आधारमा भीभो एक्स २० प्लस, भीभो एक्स२१, भीभो नेक्स, भीभो भी ११, नेक्स ड्यूल डिस्प्ले एडिसन र हालै नेपालमा सार्वजनिक गरिएको भी १५ सिरिजकास्मार्टफोनहरुमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ्ग टेक्नोलोजी प्रयोग गरेको छ।

यसमा राखिएको इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ्ग टेक्नोलोजीद्धारा एक टचमा नै प्रयोगकर्ताले आफ्नो स्मार्टफोन अनलक गर्न सकिने कम्पनीको भनाइ छ।

त्यसको लागि प्रयोगकर्ताले आफ्नो हातको औंलाको फिंगरप्रिन्ट स्क्यान गरेर प्रयोग गर्नुपर्दछ ।
भीभो एपेक्समा फूलभ्यू डिस्प्लेको अनुभव प्रदान गर्नको लागि कम्पनीले बडी साउण्डकास्टिंग टेक्नोलोजीको प्रयोग गरेको छ।

यसले गर्दा डिस्प्लेको भित्रबाट नै साउण्ड आउँछ र प्रयोगकर्ताहरुलाई भिडियो वा अडियो हेर्दा र सुन्दा उत्कृष्ट अनुभव हुन्छ ।

भीभो एपेक्सले चार्जिंग र डाटा ट्रान्सफरको क्षेत्रमा पनि आश्चार्यजनक परिवर्तन ल्याएको छ । कम्पनीले यसमा म्यागपोर्ट प्रविधि राखेको छ जसले गर्दा कनेक्टरलाई पोर्टको नजिक लग्दा आफैं जोडिने फीचर रहेको छ ।
डुप्लेक्स पिसीबी डिजाइन
एपेक्स २०१९ मा सबै स्लटहरुलाई हटाउँदा यो ५जी प्रविधिको स्मार्टफोन बनेको छ । तर ५जी मोड्यूलको लागि निकै ठूलो स्पेस आवश्यकता पर्दछ । तर भीभो एपेक्स २०१९ ले यसलाई समाधान गरेर आन्तरिक स्पेसलाई खुला गर्दै यूनिबडी ५जी फोन बनेको छ ।

लिक्विड कुलिंग टेक्नोलोजी
ब्याट्री तात्ने समस्याका लागि फोनमा कम्पनीले लिक्विड कुलिंग टेक्नोलोजी ल्याएको छ।

सिएमएफ
भीभोले ‘लेस डिजाइन, मोर टेक्नोलोजी’को दर्शनलाई पछ्याउँदै आएको छ ।
स्मार्टफोनको ग्लास ब्याक कभर कलरको लागि कम्पनीले निकै साधारण र प्राकृतिक कलरको छनौट गरेको छ।
क्वर्ज ह्वाइट कलरले ग्लासको प्राकृतिक पारदर्शितालाई प्रदर्शन गर्दछ । टाइटन सिल्भर र मेटिओर ग्रे कलरले उच्चतहको प्रविधिको अनुभूत गराउँछ ।

समग्रमा यसको लूक शुद्धता, प्राकृतिक र सामान्य देखिन्छ ।त्यसैले भीभोले यो कम्प्लेक्स प्रविधिमा आफ्नो दक्षता देखाउँदै फूल सिएनसी इन्टिग्रेटेड ग्लास सेपिंग, इन्टिग्रेटेड ग्लास ग्राइण्डिंग, र इन्टिग्रेटेड पिगमेन्ट कोटिंगद्धारा एपेक्स २०१९ लाई बजारकै सबैभन्दा एडभान्स प्रडक्सन टेक्निंकका साथमा प्रदर्शन गरेको कम्पनीको दाबी छ।

पावरफुल परफरमेन्स
एपेक्स २०१९ क्वालकम स्न्यापड्रागन ८५५ प्लेटफर्ममा आधारित रहेको छ । जसमा अहिलेसम्मकै उच्च स्तरको र्याम र स्टोरेज रहेको छ । फोनमा १२जीबी र्यामका साथमा २५६ जिबी स्टोरेज रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment