Comments Add Comment

अदालतले भ्रष्टाचारी फैसला गरेसँगै ब्राजिलका पूर्वराष्ट्रपतिद्वारा आत्मसमर्पण

२७ वैशाख, काठमाडौं । ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमेअरले आत्मसमर्पण गरेका छन् । अदालतले भ्रष्टाचार गरेको फैसला गरेलगत्तै टेमेअरले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।

टेमेअरमाथि भ्रष्टाचार तथा आपराधिक समूहको नेतृत्व गरेकोलगायत ६ वटा गम्भीर अभियोग अदालतमा दर्ता भएको थियो । यही अभियोगमा उनी गत मार्चमा पक्राउ परेका थिए । पक्राउपछि जारी बन्दी प्रत्यक्षीकरण रिटबाट उनी हिरासत मुक्त भएका थिए । तर बुधबार पुनः उनीमाथि लागेको अभियोगको फैसला गर्दै एक अदालतले जेल चलान गर्ने आदेश दिएको छ । अदालतको आदेशसँगै त्यसको सम्मान गर्दै उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।

यद्यपि, पूर्वराष्ट्रपतिले आफूमाथि लागेका अभियोग इन्कार गरेका छन् । उनले अदालतको आदेशलाई पनि खेदजनक भएको प्रतिक्रिया दिए । उनले आफूमाथि अन्याय भएकाले न्यायका लागि माथिल्लो अदालत जाने बताएका छन् ।
ब्राजिलको राष्ट्रपतिका रुपमा उनको कार्यकाल गत वर्ष मात्रै सकिएको थियो ।

आत्मसमर्पणपछि उनलाई साओ पाउलोस्थित संघीय प्रहरीको हिरासतमा राखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment