Comments Add Comment

‘पसिना’ रिलिज, दोश्रो हप्तामा ‘दाल भात तरकारी’

आजबाट चलचित्र ‘पसिना’ रिलिज भएको छ । आर.बी.के खत्रीको निर्देशनमा तयार भएको यो चलचित्रले मजदुरको कथालाई उठान गरेको छ । चलचित्रमा गौरव पहारी, अनु शाह लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रले सत्कर्म गर्नका लागि पसिना बगाउनुपर्छ भन्ने कथालाई देखाउन खोजेको छ ।

यस्तै, आजबाट नै चलचित्र ‘दाल भात तरकारी’ दोश्रो सातामा प्रवेश गरेको छ । काठमाण्डौका मल्टिप्लेक्समा चलचित्रले दर्शकलाई होल्ड गरिरहेको छ । चलचित्रको वर्ड अफ माउथ मिश्रित भएपनि मल्टिप्लेक्समा दर्शकको उपस्थिती सुखद छ । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, बर्षा राउत मुख्य भूमिकामा छन् ।

चलचित्रको पहिलो साताको व्यापारिक आँकडा भने सार्वजनिक गरिएको छैन । चलचित्रले अमेरिका जानका लागि एक परिवारले काटेको चक्कर र पाएको दुखको कथालाई उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment