+
+
Shares

मिरुना र नीताको ‘साइनो’ रिलिज पछि सर्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २९ गते ११:३०

नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र ‘साइनो’को प्रदर्शन मिति पछि धकेलिएको छ । जेठ १० गतेबाट रिलिज हुने भनिएको यो चलचित्र अब साउनको २४ गतेबाट रिलिज हुने भएको छ । डबिङ, कलरिङ, मिक्सिङ लगायतका प्राविधिक काम नसकिएकाले चलचित्रको प्रदर्शन मिति सारिएको निर्देशक रमेश थापाले जानकारी दिएका छन् ।

चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाद्धारा निर्देशित चलचित्र ‘साइनो’मा नायिका नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदिप श्रेष्ठ, श्याम राई लगायतका कलाकारको मुख्य भूमिका छ ।

शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र ‘साइनो’मा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?