Comments Add Comment

सारा ग्रुपले नेपाल भित्र्यायो मलेसियाको नम्बरवान वेभरेज १०० प्लस

सारा गु्रपले मलेसियाको नम्बर वान आइसोटनिक ड्रिंक १०० प्लस नेपालमा भित्राएको छ । मलेसिया र सिंगापुरमा लोकप्रिय रहेको पेयपदार्थलाई आइतबार नेपालमा सार्वजनिक गरिएको हो ।

मलेसियाको एफ एन्ड एन कम्पनीको मुख्य उत्पादनमा रहेको १०० प्लसले मलेसिया, थाइल्याण्ड र सिंगापुरका साथै यसका आसपासका अन्य मुलुकहरुमा पनि आक्रमक बजार विस्तार गरिसकेको छ ।

१०० प्लसको नेपालमा सारा गु्रपका प्रबन्ध निर्देशक दीपक केसी, १०० प्लस मलेसियाका म्यानेजर च्याङ्ग जेसी, ब्रान्ड म्यानेजर वाइ यीन, नेपाली राष्ट्रिय फुटबल खेलाडी किरण चेम्जोङ, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले सार्वजनिक गरे ।

सोही अवसरमा नेपालका राष्ट्रिय खेलाडी किरण चेम्जोङलाई १०० प्लस नेपालको ब्रान्ड एम्बेसडरमा नियुक्त गरियो । सारा गु्रपका अध्यक्ष केसी र खेलाडी चेम्जोङविच ब्रान्ड एम्बेसडर नियुक्तको सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

१०० प्लस मलेसिया, थाइल्याण्ड, सिंगापुरलगायतका मुलुकमा लोकप्रिय रहेको र यो नेपाली बजारमा पनि चाँडै स्थापित हुनेमा आफु विस्वस्त रहेको सारा गु्रपका प्रबन्ध निर्देशक दिपक केसीले बताए ।

‘नेपाली बजारमा धेरै थरि वेभरेज भएपनि यसको स्वाद र गुणस्तरले नेपाली उपभोक्ताको मन चाँडै जित्छ,’ उनले भने । ‘हामीले १०० प्लस ओरिजनल पछि यसका थप अरु उत्पादन पनि नेपाली बजारमा भित्राउने तयारी गरेका छौं ।’

१०० प्लस मलेसियाका प्रबन्धक च्याङ्ग जेसीले नेपाली उपभोक्ताले गुणस्तरमा विश्वास गर्ने हुनाले हामीले १०० प्लसलाई नेपाली बजारमा चाँडै स्थापित गर्न सक्छौं भन्ने विश्वास लिएको बताए ।

‘यो आइसाटनिक ड्रिक हो, यसको स्वाद र गुणस्तरले यो विश्वभर फैलिने क्रममा छ,’ उनले भने ।

नेपाली फुटबलका राष्ट्रिय खेलाडी किरण चेम्जोङ्गले खेल जीवनमा एक्टिभ रहनका लागि विभिन्न वेभरेजको आवश्यकता पर्छ, आइसोटनिक १०० प्लस अरु वेभरेज भन्दा उत्कृष्ट रहेकाले आफु यसमा ब्रान्ड एम्बेसडर रहेको बताए ।

१०० प्लस मलेसियामा सन् १९८३ मा सार्वजनिक गरिएको थियो । १०० प्लसले खेलजीवन, एक्टिभ लाइफ र थकानका बेला शरिरलाई स्फूर्त राख्न सहयोग पुराउँछ । यसको विशेष फर्मुलाले गर्दा शरिरमा इनर्जी लस हुँदा रिस्टोर गर्न मद्दत पुराउँछ ।

१०० प्लस मलेसियाको एफ एण्ड एन समुहभित्रको प्रमुख ब्राण्ड हो । यसलाई एफ एण्ड एन बेभरेजेज मार्केटिङले उत्पादन र बजारिकरण गर्दछ जुन मलेशियाको सबैभन्दा ठुलो सफ्ट डिङ्क उत्पादक र वितरक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment