
३० वैशाख, काठमाडौं । सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रोकिएपछि बल्ल ठेकेदारको भुक्तानीका लागि रकम निकासा गर्ने बाटो खोलेको छ । अर्थ मन्त्रालयले ७० करोड निकासा लागि रकमान्तरका लागि स्वीकृति गरेको हो ।
अब संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा रोकिएको आयोजनाको रकम निकासाको फाइल एशियाली विकास बैंक(एडीबी)मा पठाउने बाटो खुलेको छ । आयोजनाको मुख्य मानिएको धावनमार्ग निर्माणको काम आइबतारबाट रोकिएको छ ।
ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले भइसकेको कामको पनि भुक्तानी नपाएको भन्दै काम रोकेको थियो । कम्पनीलाई नगद प्रवाहमा समस्या भएपछि काम रोकेको हो ।
लामो समयदेखि भइसकेको कामको भुक्तानीका लागि आयोजनाले संस्कृति पर्यटन तथा नागरिक उड्यनन मन्त्रालयमा तोकता गरेको थियो । भुक्तानीका लागि मन्त्रालयले फाइल बेलैमा एसियाली विकास बैंकमा फाइल नपठाउँदा ठेकदारले समयमा भुक्तानी नपाएको हो ।
यही अवस्थामा नदीजन्य गिट्टी बालुवाको आपूर्तिमा पनि आयोजनाले समस्या भोगेको छ ।
दाङ, चितवन र बुटवलबाट आयोजनाका लागि गिट्टी बालुवा ल्याउने गरिएकोमा हाल विभिन्न क्षेत्रमा अवरोध भएको छ । ठेकेदार र स्थानीय तहबीच कुरा नमिलेर क्रसरजन्य समाग्रीको आपूर्ति रोकिँदा आयोजना अन्योलमा छ ।
ठेकदारलाई भुक्तानी दिन उठाइएको फाइल मन्त्रालयमै थन्क्याएर पर्यटन सचिव मोहनकृष्ण सापकोटा हाल प्रधानमन्त्रीसँगै भियतनाम भ्रमणमा गएका थिए ।
हालसम्म आयोजनाको धावनामार्गको अन्तिम चरणको कालोपत्रे हुँदैछ । अब ५ सय मिटर मात्रै बाँकी रहँदा निर्माण नै रोकिएको छ । तर, धावमानर्ग र जमिन व्यवस्थापनबाहेक अन्य काम भने जसोतसो ठेकेदारले सुचारु राखेको छ । सरकारले सन् २०१९ भित्रै यो विमानस्थल निर्माण गरेर सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया 4