Comments Add Comment

ट्रेल म्याराथनको उपाधि भीमबहादुर र सुनमायालाई

३० वैशाख, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुमा आयोजना भएको ट्रेल म्याराथन प्रतियोगिताको पुरुषतर्फको उपाधि भीम बहादुर गुरुङ र महिलातर्फको सुनमाया तामाङले जितेका छन् ।

रसुवाको च्योलाङपार्टीदेखि हेलम्बुको मराम्चीसम्मको म्याराथन प्रतियोगितामा गोर्खाका भीमबहादुर पहिलो भएका हुन् । उनले ४२ किलोमिटरको दूरी ५ घण्टा ७ मिनेटमा पूरा गरे । त्यस्तै, ओखलढुगाका सुमन कुलुङ दोस्रो भए । उनले निर्धारित दूरी ५ घण्टा ११ मिनेटमा पूरा गरे । त्यस्तै, ६ घण्टामा निर्धारित दूरी पार गरका सोलुखुम्बुका कल्साङ तामाङ तेस्रो भए ।

हेलम्बुको ट्रेल रनिङ क्लबले आयोजना गरेको प्रतियोगितातर्फको महिलातर्फ जुम्लाकी सुनमाया तामाङ पहिलो बनेकी हुन् । उनले निर्धारित दूरी ६ घण्टा १५ मिनेटमा पूरा गरे ।

खोटाङकी प्रिया राई दोस्रो बनिन् । उनले ७ घण्टा २५ मिनेटमा निर्धारित दूरी पूरा गरेकी थिइन् । त्यस्तै, निर्धारित दूरी ८ घण्टा ७ मिनेटमा पूरा गरेकी ओखलढुंगाकी छोकी शेर्पा तेस्रो बनिन् ।

ट्रेल म्याराथानमा प्रथम दुबै स्पर्धाका खेलाडीले नगद ५० हजार पुरस्कार पाएका छन् । त्यस्तै, दोस्रो हुनेले नगद १५ हजार प्राप्त गरेका छन् ।

प्रतियोगितामा सिन्धुपाल्चोकका खेलाडीहरुले पनि भाग लिएका थिए । जिल्लाको तर्फबाट सहभागी भएकामध्ये हेलम्बुका ग्याल्साङ लामा उत्कृष्ट भए । उनले नगद ५ हजार पाए । प्रतियोगितामा स्वदेशी र विदेशी गरी २५ जना खेलाडीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment