Comments Add Comment

विकासका काममा जनप्रतिनिधिसँग परामर्श गर्न अर्थमन्त्रीलाई नेकपाका महासचिवको सुझाव

३० वैशाख,काठमाडौं । सत्तारुढ नेकपाका महासचिव तथा पूर्वअर्थमन्त्री बिष्णु पौडेलले विकास निर्माणका काममा जनप्रतिनिधिलाई पनि साथमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।

अर्थमन्त्री डा.युवराज खतिवडाले पेश गरेको पूर्वबजेटका सिद्धान्त तथा प्राथमिकतामाथि प्रतिनिधिसभाको छलफलमा भाग लिदै महासचिव पौडेलले इतिहासकै तीव्र आर्थिक वृद्धि गर्ने बजेट ल्याउन सम्भव रहेको बताए ।

महासचिव पौडेलले संघ,प्रदेश र स्थानीय तहबीच जीवन्त समन्वय र सहाकार्यलाई पूर्वबजेटले स्पष्ट ढंगले अघि सारेकाले आर्थिक सम्वृद्धि सम्भव रहेकेा बताए । उनले तीनै तहको समन्वयमार्फत सुशासनको स्थापना गर्ने, प्रगतिशील र लगानीमैत्री राजश्व प्रणालीलाई अबलम्बन गर्ने संकल्प आउनु राम्रो भएको बताए ।

पूर्व अर्थमन्त्री पौडेलले दिगो विकासका लागि सहयोगी हुने दु्रतमार्ग,विमानस्थल,रेलमार्ग,जलको बहुआयामिक उपयोग, विद्युत प्रसारण लाइन र शहरी विकासमा लगानी केन्दि्रत गर्नुपर्ने बताए । उनले विकास अभियानको बाधकको रुपमा सार्वजनिक खरिदि प्रक्रिया उभिएको भन्दै त्यसका प्रतिकुल प्रबन्धलाई बदलेरमात्र विकास सम्भव हुन्छ भननेमा सबै सहमत भएको बताए ।

पौडेलले विकास र जनप्रतिनिधि एक अर्कासँग आबद्ध हुनुपर्ने भन्दै अर्थमन्त्रीले विकास प्रयासमा प्रतिनिधिसभा,राष्ट्रियसभा लगायत सबै जनप्रतिनिधिसँग परामर्श गर्ने विश्वास व्यक्त गरेका छन् ।

चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि र २७ प्रतिशतको राष्ट्रिय बचत ठूलो उपलब्धी भएको भन्दै आगामी आर्थिक वर्षलाई इतिहासकै तीव्र आर्थिक वृद्धिको वर्ष हुने गरी बजेट ल्याउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment