+
+
Shares

कैलाश हेलिकोप्टरको लोगो उल्लेखित झण्डा सगरमाथामा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १ गते २१:२८

१ जेठ, काठमाडौं । कैलाश हेलिकोप्टरको लोगो उल्लेखित झण्डा सर्बोच्च शिखर सगरमाथामा फहरिएको छ । यो सिजनका पहिलो आरोहण दलका आरोही सिद्धिबहादुर तामाङले मंगलबार कैलाश हेलिकोप्टरको लोगोसहितको ब्यानर सगरमाथामा पुर्‍याएका हुन् ।

‘कैलाश हेलिकोप्टोर सर्भिस अन द टप अफ द वर्ल्ड’ लेखिएको ब्यानर सगरमाथामा पुगेको हो । आफ्नो नाम उल्लेखित ब्यानर सर्बोच्च शिखरमा पुग्दा गर्व महसुस भएको कम्पनीले बताएको छ ।

२ वर्षदेखि कैलाश हलिकोप्टोर नेपालमा विभिन्न क्षेत्रमा हवाई सेवा उपलब्ध गराइएको छ । कम्पनीले पछिल्लो सयममा हिमाली क्षेत्रका विभिन्न प्रयोजनमा सेवा केन्दि्रत गरेको कम्पनीका प्रवन्ध निर्देशक प्रतापजंग पाण्डेले बताए ।

‘सर्बोच्च शिखर सगरमाथामा हाम्रो कम्पनीको लोगो सहितको ब्यानर पुग्दा खुसी लागेको छ,’ पाण्डेले भने,’सहासी आरोहीहरुले सगरमाथा पुग्न देखाउने अठोट जस्तै हामी पनि सेवामा पूर्ण प्रतिवद्ध र दत्तचित्त भएर लाग्छौं ।’ उद्धार, ढुवानी लगायतका सेवा दिइरहको कम्पनीसँग हाल ३ वटा हेलिकोप्टर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?