+
+
Shares

डच लिगको उपाधि आयाक्सलाई

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २ गते १२:३३

२ जेठ, काठमाडौं । आयाक्सले घरेलु फुटबल डच लिगको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा डी ग्राफसचापलाई ४-१ गोल अन्तरले पराजित गरेसँगै आयाक्सले उपाधि जितेको हो ।

आयाक्सको जितमा टाडिकले दुई र लासे शान तथा निकोलस ट्यागलियाफिकोले समान १-१ गोल गरे । त्यस्तै, ग्राफसचापका लागि इल जेबलीले एक गोल फर्काएका थिए ।

खेलको ३७औं मिनेटमा शानले गोल गर्दै आयाक्सलाई अग्रता दिलाएका थिए । खेलको ४० औं मिनेटमा जेबलीले गोल गरेपछि आयाक्सविरुद्ध ग्राफसचापले १-१ गोलको बराबरी गर्‍यो । खेलको ४४औं मिनेटमा निकोलसले गोल गरेपछि आयाक्सले पहिलो हाफसम्मा २-१ गोलको अग्रता बनाएको थियो ।

खेलको दोस्रो हाफमा आयाक्सले दुई गोल थप्न सफल भयो । खेलको ६७औं र ८७औं मिनेटमा टाडिकले गोल गर्दै आयाक्सलाई ४-१ गोलको जित दिलाए ।

३४ खेलबाट ८६ अंक बनाउँदै आयाक्सले उपाधि जितेको हो ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?