
३, जेठ, चितवन । प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर भरतपुरको आर्मी व्यारेकमा आकस्मिक अवतरण गरेको छ ।
लुम्बिनी जान लागेका प्रधानमन्त्री चढेको हेलिकोप्टर मौसमको खराबीका कारण भरतपुरको आर्मी व्यारेकमा आकस्मिक अवतरण गरेको हो ।
प्रधानमन्त्री ओली आधा घण्टा व्यारेकमा रोकिएका प्रहरीले जनाएको छ । प्रधानमन्त्री ओलीसँग नेकपाका महासचिव विष्णु पौडेल र प्रधानमन्त्री पत्नी राधिका शाक्य रहेका थिए । प्रधानमन्त्री ओली सो क्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसहितका पदाधिकारीसँग भेटघाट गरेका थिए ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले प्रधानमन्त्री आर्मी ब्यारेकमा अवतरण गरेपछि निम्ता गरिएकोले आफू त्यसतर्फ गएको बताइन् । सो भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले हेलिकोप्टरबाट भरतपुर हरियाली देखेर आफूलाई खुसी लागेको बताएको मेयर दाहालले बताइन् ।
मेयर दाहालले पार्टीको काम केही कम भएपछि दुवै अध्यक्षलाई रिफ्रेसिङका लागि भरतपुर आउन निम्ता दिइन् । मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली गन्तव्यतर्फ लागेको चितवन प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4