+
+
Shares

सत्यमोहनलाई भेटेर चिनियाँ राजदूतले भनिन्- हामी कहिल्यै बिर्सने छैनौं

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३ गते २१:०५
Photo Credit : Embassy of China

३ जेठ, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले शताव्दी पुरुष सत्यमोहन जोशीलाई चिनियाँ नागरिकले कहिल्यै पनि नबिर्सने बताएकी छन् ।

१०० बसन्त पूरा गरेका जोशीलाई शुक्रबार उनकै निवास ललितपुरमा भेटेर राजदूत हउले सो कुरा बताएकी हुन् ।

भेटमा राजदूत हउले संस्कृतिविद सत्यमोहन जोशीले नेपाल-चीन मित्रतामा पुर्याएको योगदानको स्मरण गर्दै भनिन्, ‘हामी चिनियाँ नागरिकले तपाईंलाई कहिल्यै बिर्सने छैनौं ।’

राजदूत हउले नेपाल–चीन सम्बन्धलाई चिरस्थायी बनाइ राख्नका लागि जोशीकोे पदचाप पछ्याउन नयाँ पुस्तालाई आह्वान पनि गरिन् ।

राजदूतसँगको भेटवार्तामा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन पनि थिए ।

सत्यमोहन जोशीसँग सामुहिक तस्वीर खिचाउँदै चिनियाँ राजदूत हउ । तस्वीर : चिनियाँ राजदूतावास

सन् १९६० मा सत्यमोहन जोशी नेपाली भाषा पढाउन पेकिंग ब्रोडकास्टिङ इन्सटिच्युटमा गएका थिए । उनले सन् १९७० मा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा नेपाली विशेषज्ञको रुपमा कामसमेत गरेका थिए । चीन बसाइको क्रममा उनले नेपाली कलाकार अरनिको बारेमा अनुसन्धान गरेका थिए । अरनिको सम्बन्धी ऐतिहासिक तथ्यमा आधारित रहेर अरनिको ह्वाइट प्यागोडा ग्यालरी काठमाडौंको कीर्तिपुरमा पनि स्थापना गरेका छन् ।

कलाकार अरनिकोका विषयमा आम नेपालीलाई जानकारी दिने पहिलो व्यक्ति सत्यमोहन जोशी नै हुन् । सत्यमोहन जोशीले चीनमा बस्दा अरनिकोले बनाएका सम्पूर्ण सम्पदाको अध्ययन अनुसन्धान गरेर ‘कलाकार अरनिको’ पुस्तक सार्वजनिक गरेका थिए ।

जोशी गत वैशाख ३० गते एक सय वर्ष पूरा भएका छन् । सो दिन ललितपुर महानगरपालिकाले उनलाई नगरपरिक्रमा सहित सम्मान गरेको थियो भने एक दिन सार्वजनिक विदासमेत दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?