+
+
Shares

वी–च्याट र अलिपेबाट कारोबार गरे कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ७ गते १२:३९

७ जेठ, काठमाडौं । वी–च्याट र अलि पेबाट कारोबार नगर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै वी–च्याट र अलि गैर कानूनी भएको र कारोबार नगर्न भनेको हो ।

विदेशी मुलुकबाट जारी भएका अन्य पस मेसिन तथा सिस्टमबाट समेत कारोबार नगर्न राष्ट्र बैंकले भनेको छ । ‘विदेशी पेमेन्ट सिस्टमसँग प्रत्यक्ष आबद्ध भएको जुनसुकै क्यू आर कोड, पस मेसिन वा अन्य पेमेन्ट सिस्टमको प्रयोग यस बैंकको स्वीकृति प्राप्त संस्था बाहेक अन्य संस्थासँग गर्नु गैर कानूनी हुने छ’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

त्यसरी कुनै पनि कारोबार गरेको पाइए विदेशी विनिमय विनियम (नियमित गर्ने) ऐन, २०१९ र प्रचलित कानून बमोजिम काराबाही हुने राष्ट्र बैंकले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?