Comments Add Comment

प्रसुति गृह र वीर अस्पताल पुनर्निर्माण अन्तिम चरणमा

८ जेठ, काठमाडौं । २०७२ साल वैशाखको भूकम्पबाट क्षति पुगेका थापाथलीस्थित परोपकार प्रसुति गृहको मुख्य भवन र वीर अस्पतालको एक भवनको पुनर्र्निर्माण अन्तिम चरणमा पुगेको छ । दुबै भवन एक महिनाभित्र सञ्चालनमा आउने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

पुनर्निर्माण कार्यक्रमअन्तर्गत जापान सरकारको आर्थिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् यी दुई भवन पुनर्निर्माण गरिएको हो । प्रसुति गृहको अत्याधुनिक मुख्य भवनमा १ सय ९२ वटा शैया छन् ।

प्रसुति गृहको भवनमा इमर्जेन्सी डेलिभरी रुम, बर्थिङ सेन्टर, पोष्ट अप्रेसन वार्ड लगायतका सेवा हुनेछन् । वीर अस्पतालको भवनमा भने ९४ शैया छन् । नयाँ भवनमा कार्डियोलोजी वार्ड, ग्याट्रोलोजी वार्ड, नेफ्रोलोजी वार्डलगायत हुने बताइएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बुधबार दुबै भवनको निरिक्षण गरे । भूकम्पपछिको पुनर्निर्माणमा अबलम्वन गरिएको ‘अझ राम्रो र बलियो’ को अवधारणा अनुसार स्वास्थ्य संस्थाको पुनर्निर्माण भइरहेको उनले बताए ।

वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले भवनको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)का पुनर्स्थापना तथा पुनर्लाभ कार्यक्रम सल्लाहकार नानाको स्युकाहाराका अनुसार प्रसुति गृह र वीर अस्पताल पुननिर्माणको लागत दुई अर्ब १० करोड रुपैयाँ (२.४ बिलियन जापनी येन) छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment