+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

आमिर खानको भान्जाको लफडा, कथामा नयाँ ट्वीस्ट

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ९ गते १२:४६

हुन त बलिउडमा उनको आफ्नै चिनारी छ । अर्थात अभिनेता इमरान खान । ‘जाने तू या जाने ना’बाट बलिउड डेब्यु गरेका उनले ‘किडनैप’, ‘लक’, ‘आइ हेट लभ स्टोरी’ हुँदै ‘मेरे ब्रदर की दुल्हन’ सम्म आइपुग्दा उनले आफ्नै पहिचान बनाइसकेका थिए । यद्यपी उनको नामको पुच्छरमा जोडिने विशेषण भने अझै कायमै छ । त्यो विशेषण हो, ‘आमिर खानको भान्जा ।’

आमिर खानले नै बलिउडमा इन्ट्री गराएका इमरान आमिरको साख्खै भान्जो पनि हुन् । आमिरले उनलाई बलिउडमा आफुजस्तै चम्काउन नखोजेका होइनन, तर इमरान चम्किएनन् । सुरुवाती दिनमा केही व्यस्त देखिएपछि सन् २०११ पछि भने उनी सुस्ताए । न कुनै फिल्ममा देखापरे, न कुनै इभेन्टमा ।

अहिले भने उनको चर्चा चलेको छ । चर्चा फिल्मको कारण होइन, बरु उनको नितान्त घरबारको कारण । बजारमा के हल्ला चलेको छ भने इमरानको घरबार बिग्रदैछ । अर्थात उनको दाम्पत्य जीवन टुट्दैछ ।

बलिउडको दीर्घ रोग नै हो, सम्बन्ध बिच्छेद । त्यहाँ बर्षैपिछे कुनै न कुनै सेलिब्रेटीले आफ्नो सम्बन्धलाई दुई चिरा बनाइरहेकै हुन्छन् । अघिल्लो पटक अरबाज खान र मलाईका अरोडाको सम्बन्ध विच्छेदले बजार तताएको थियो । यसपाली इमरान खान र अवान्तिका मलिकको ।

खबर अनुसार इमरान र अवान्तिकाबीचको सम्बन्ध टुटेको छ । अवान्तिकाले इमरानको घर छाडेका छन् र आफ्नी माइतमा बस्न थालेकी छिन् । तर, पछिल्लो खबरले भने यसमा ट्वीस्ट ल्याएको छ ।

इमरानकी सासु मिडियामा आएकी छिन् । र, उनले इमरान अनि अवान्तिकाको सम्बन्धबारे नयाँ खुलासा गरेकी छिन् । उनको दावीलाई पत्याउने हो भने, इमरान र अवान्तिकाबीच केही भएकै छैन । बाहिर जे जति चर्चा भए, ति सबै झुट थियो । अफवाह थियो । उनले भनेकी छिन्, ‘अवान्तिका र इमरान अहिलेपनि एकसाथ बसिरहेका छन् ।’

इमरानीक सासु वन्दना मलिकले के चाहि स्विकार गरेकी छिन् भने इमरान र छेरी अवान्तिकावीच सामान्य विवाद चाहि थियो । तर, त्यो विवाद अहिले सुल्झिएको छ । उनीहरु सम्बन्ध बिच्छेदको मोडमा पुगेको चर्चा केवल बकवास भएको उनको भनाई छ ।

भनिहालौ, इमरान र अवान्तिकाबीच प्रेम विवाह भएको थियो, सन् २०११ मा । उनीहरु केही बर्षदेखि अफेयरमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?