Comments Add Comment

आमिर खानको भान्जाको लफडा, कथामा नयाँ ट्वीस्ट

हुन त बलिउडमा उनको आफ्नै चिनारी छ । अर्थात अभिनेता इमरान खान । ‘जाने तू या जाने ना’बाट बलिउड डेब्यु गरेका उनले ‘किडनैप’, ‘लक’, ‘आइ हेट लभ स्टोरी’ हुँदै ‘मेरे ब्रदर की दुल्हन’ सम्म आइपुग्दा उनले आफ्नै पहिचान बनाइसकेका थिए । यद्यपी उनको नामको पुच्छरमा जोडिने विशेषण भने अझै कायमै छ । त्यो विशेषण हो, ‘आमिर खानको भान्जा ।’

आमिर खानले नै बलिउडमा इन्ट्री गराएका इमरान आमिरको साख्खै भान्जो पनि हुन् । आमिरले उनलाई बलिउडमा आफुजस्तै चम्काउन नखोजेका होइनन, तर इमरान चम्किएनन् । सुरुवाती दिनमा केही व्यस्त देखिएपछि सन् २०११ पछि भने उनी सुस्ताए । न कुनै फिल्ममा देखापरे, न कुनै इभेन्टमा ।

अहिले भने उनको चर्चा चलेको छ । चर्चा फिल्मको कारण होइन, बरु उनको नितान्त घरबारको कारण । बजारमा के हल्ला चलेको छ भने इमरानको घरबार बिग्रदैछ । अर्थात उनको दाम्पत्य जीवन टुट्दैछ ।

बलिउडको दीर्घ रोग नै हो, सम्बन्ध बिच्छेद । त्यहाँ बर्षैपिछे कुनै न कुनै सेलिब्रेटीले आफ्नो सम्बन्धलाई दुई चिरा बनाइरहेकै हुन्छन् । अघिल्लो पटक अरबाज खान र मलाईका अरोडाको सम्बन्ध विच्छेदले बजार तताएको थियो । यसपाली इमरान खान र अवान्तिका मलिकको ।

खबर अनुसार इमरान र अवान्तिकाबीचको सम्बन्ध टुटेको छ । अवान्तिकाले इमरानको घर छाडेका छन् र आफ्नी माइतमा बस्न थालेकी छिन् । तर, पछिल्लो खबरले भने यसमा ट्वीस्ट ल्याएको छ ।

इमरानकी सासु मिडियामा आएकी छिन् । र, उनले इमरान अनि अवान्तिकाको सम्बन्धबारे नयाँ खुलासा गरेकी छिन् । उनको दावीलाई पत्याउने हो भने, इमरान र अवान्तिकाबीच केही भएकै छैन । बाहिर जे जति चर्चा भए, ति सबै झुट थियो । अफवाह थियो । उनले भनेकी छिन्, ‘अवान्तिका र इमरान अहिलेपनि एकसाथ बसिरहेका छन् ।’

इमरानीक सासु वन्दना मलिकले के चाहि स्विकार गरेकी छिन् भने इमरान र छेरी अवान्तिकावीच सामान्य विवाद चाहि थियो । तर, त्यो विवाद अहिले सुल्झिएको छ । उनीहरु सम्बन्ध बिच्छेदको मोडमा पुगेको चर्चा केवल बकवास भएको उनको भनाई छ ।

भनिहालौ, इमरान र अवान्तिकाबीच प्रेम विवाह भएको थियो, सन् २०११ मा । उनीहरु केही बर्षदेखि अफेयरमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment