Comments Add Comment

तिलोत्तमाले बनायो भू-उपयोग मापदण्ड

९ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषियोग्य र आवासीय क्षेत्र निर्धारण गरी भू­­­-उपयोग मापदण्ड-२०७६ जारी गरेको छ ।

कृषि, वन, नापी, तथा सरोकारवालाहरुको प्रतिनिधित्व रहेको जग्गा उपयोगिता विश्लेषण प्राविधिक समितिको सिफारिसको आधारमा नगर कार्यपालिकाले भू-उपयोग मापदण्ड जारी गरेको हो ।

नगरपालिकाले यसअघि लागु गरेको जग्गा विकास तथा प्लटिङ्ग सम्बन्धी मापदण्ड-२०७४ खारेज गरी भू­­­-उपयोग मापदण्ड-२०७६ जारी गरेको हो ।

मापदण्डमा जग्गा विकास सम्बन्धी पुराना व्यवस्थालाई यथावत् राखिएको छ । जिल्लाका १६ स्थानीय तहमध्ये भू-उपयोग मापदण्ड बनाउने तिलोत्तमा पहिलो सथानीय तह बनेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए ।

संघीय सरकारले कित्ताकाटका लागि कृषियोग्य जग्गा यकिन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएअनुसार मापदण्ड तयार गरिएको समिति संयोजक गणेश न्यौपानेले जानकारी दिए ।

संघीय सरकारको निर्देशनअनुसार स्थानीय तहले कृषियोग्य जग्गा नभएको जनाए मात्र जग्गा विकासका लागि कित्ताकाँट गर्न सकिने व्यवस्था छ ।

अंशबण्डा बाहेक अन्य अवस्थामा एक आर्थिक वर्षमा कृषियोग्य जग्गा एकपटक मात्र कित्ताकाँट गर्न पाइने प्रावधान छ ।

०७४ साउन २६ गतेबाट रोकिएको खेतीयोग्य जग्गाको कित्ताकाट २०७५ पुस २७ गते ‘स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि’ भन्ने सर्त राखेर खुला गरिएको थियो ।

विकास गर्न सकिने जग्गा भन्नाले फिल्डबुकमा अबल, दोयम, सिम वा चाहर भनेर तोकिएको भए पनि स्थानीय तहले ‘कृषियोग्य जग्गा होइन भनि सिफारिस गरेका’ जग्गा समेतलाई जनाउँछ ।

सबै स्थानीय तहलाई निर्धारित मापदण्ड र मौजुदा भू-उपयोग अवस्थालाई मध्यनजर गरि जग्गालाई कृषि र गैरकृषि भनेर वर्गिकरण गर्न भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार तिलोत्तमा नगरपालिकाले मुख्य सडकको क्षेत्राधिकार निर्धारण गरेर त्यस आसपासलाई आवासीय र बाहिरको जग्गालाई कृषियोग्यको रुपमा तोकेको हो । ‘सम्बन्धित वडाका जनप्रतिनिधिहरुको सुझाव तथा सरोकारवालासँग समेतको छलफलको आधारमा मापदण्ड निर्धारण गरिएको हो’-संयोजक न्यौपानेले भने ।

मापदण्डमा नगरभित्रका मुख्य १३३ वटा सडक निर्धारण गरिएको छ । ती सडकको चौडाइ तथा बस्ती विकासको अवस्थाअनुसार १२ सयदेखि ३ सय मिटर आसपासको क्षेत्रलाई आवासीय क्षेत्रको रुपमा उल्लेख गरिएको छ ।

तिलोत्तमा तीव्र सहरीकरण भैरहेको नगरपालिका रहेकाले यहाँ दैनिक सरदर चार वटा नयाँ घर थपिने गरेका छन् ।

नगरपालिकाले व्यवस्थित बस्ती बसाउन दुई वर्षअघि नै जग्गा विकास तथा प्लटिङ्ग सम्बन्धी मापदण्ड जारी गरेको थियो । मापदण्डअनुसार नगरपालिकाको पूर्वस्वीकृतविना जग्गा विकासको काम गर्न पाइँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment