+
+
Shares

चन्द्रबाबु नायडू पत्तासाफ, जगनमोहन चम्किए

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ९ गते १६:५९

९ जेठ, काठमाडौं । भारतको आन्ध्र प्रदेशमा चन्द्रबाबु नायडूको तेलगुदेशम पार्टीले नराम्रो हार व्यहोरेको छ ।

देशभर आम चुनाव हुँदा आन्ध्र प्रदेश र ओडिशामा भने विधानसभाको लागि पनि मतदान भएको थियो ।

मत गणनाको प्रारम्भिक विवरणले पूर्वमुख्यमन्त्री वाईएसआर रेड्डीका छोरा जगनमोहन रेड्डीको पार्टी वाईएसआर कांग्रेसलाई ऐतिहासिक जितको संकेत गरेको छ ।

प्रदेशमा विधानसभाको कुल १७५ सिट छ, जसमध्ये १५२ मा वाईएसआर कांग्रेस अगाडि छ ।

तेलगुदेशमको खातामा मात्र २३ सिट आउने देखिएको छ । भारतीय जनता पार्टी एक सिटमा पनि अगाडि छैन भने अन्य दलको खातामा दुई सिट छ ।

मुख्यमन्त्री चन्द्रबाबु नायडूले छिट्टै राजीनामा दिनसक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसअघिको विधानसभामा तेलगुदेशम ९९ र वाईएसआर कांग्रेसको ६६ सिटमा विजयी भएको थियो । यस्तै भाजपा चार सिटमा थियो ।

विधानसभामा मात्र होइन, लोकसभामा पनि तेलगुदेशम हार उन्मुख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?