Comments Add Comment

हङकङमा आर्यनको ‘च च हुई’

हाल चलचित्र ‘च च हुई’को हङकङमा छायांकन भइरहेको छ । एक साताको सुटिङ सेड्युल लिएर निर्माण युनिट गत शुक्रबारमात्र हङकङ पुगेको थियो । हङकङको नर्थ पोइन्ट, जोर्डन, गार्डेन हिल लगायतका स्थानहरुमा चलचित्रहरुको छायांकन भइरहेको छ ।

छायांकनको लागि नायक आर्यन सिग्देल, कलाकारद्वय माओत्से गुरुङ र भोलाराज सापकोटा हङकङ पुगेका छन् । साम्तेन भुटियाले निर्देशन गरिरहेको चलचित्रलाई सुशन प्रजापतिले खिचिरहेका छन् । निर्माता अमृत घोले लामा पनि हङकङ पुगेका छन् ।

कमेडी जनरमा निर्माण भएको यस चलचित्रमा पुस्कर गुरुङ, मिरुना मगर, बबिता मल्ललगायतको अभिनय रहेको छ । ‘एजीएल इन्टरटेनमेन्ट’को ब्यानरमा निर्मित यस चलचित्रमा संगीतकार राजनराज सिवाकोटी र रोशन थापाको संगीत रहने छ । चलचित्रलाई सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् ।

पहिलो पटक कमर्सिअल चलचित्र निर्देशन गर्न लागेका निर्देशक भुटियाले चलचित्र रमाइलो बनाउने प्रयास गरेको बताए । उनले भने, ‘यसपटक कमर्सियल चलचित्रको जमर्को गरेको छु । चलचित्रमार्फत दर्शकलाई भरपुर मनोञ्जन दिलाउने प्रयास रहनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment