Comments Add Comment

‘कप्स’मा रिसाहा अनुपबिक्रम

नायक अनुपविक्रम शाही अभिनित चलचित्र ‘कप्स’को पोस्टर सार्वजनिक भएको छ । बिहीबार निर्माण युनिटले चलचित्रको दुई पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य चार कलाकार अनुपविक्रम, नवनायिका सन्दीपा लिम्बु, अनुपा भट्टराई र अमित गिरी फिचर छन् ।

पोस्टरमा नायक अनुपविक्रमलाई रिसाहा अवतारमा देखाइएको छ । प्रहरीको वर्दीमा रहेका अनुपको अनुहारमा निकै क्रोध देख्न सकिन्छ । पोस्टरले चलचित्र एक्सन विधामा बनेको छ भन्ने संकेत गर्छ ।

जेठ १७ गतेबाट रिलिज हुन लागेको चलचित्रलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् । एक्शन तथा लभस्टोरी कथामा निर्माण भएको यस चलचित्रमा रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदी लगायतको पनि अभिनय रहेको छ ।

‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’को संयुक्त व्यानरमा निर्माण भएको यस चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन् । सुशन प्रजापतिले खिचेको चलचित्रमा विजय घिमिरेको संगीत, कविराज गहतराजको नृत्य तथा विपिन मल्लको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment