+
+
Shares

नायक विवेकलाई ज्यान मार्ने धम्की

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ९ गते १३:१६

बलिउड नायक विवेक ओबरोय अहिले विवादमा तानिएका छन् । उनले आफ्नो टि्वटरमा एक मिम सेयर गरेपछि उनी विवादमा तानिएका हुन् । उनले ऐश्वर्य रायमाथि गरिएको मिमलाई आफ्नोर टि्वटरमा सेयर गरेका थिए । पछि विवेकले माफी समेत माग्नुपर्यो ।

अहिले उनै विवेकलाई नक्सलवादीले ज्यान मार्ने धम्की दिएका छन् । नक्सलवादीले विवेकलाई चलचित्र ‘पीएम नरेन्ऽ मोदी’को कारणलाई लिएर ज्यान मार्ने धम्की दिएका हुन् । नरेन्द्र मोदीको जीवनमा आधारित रहेर निर्माण भएको उक्त चलचित्रमा विवेकले मुख्य भूमिका निर्वाह गरेका छन् ।

उक्त धम्कीपछि विवेकलाई मुम्बई पुलिसले सुरक्षा दिइरहेको छ । विवेकलाई बुधबारबाट दुई नीजि सुरक्षाकर्मी प्रदान गरिएको छ । विवेकको घर बाहिर एक पुलिस वाहन पनि राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?