+
+
Shares

भारतीय लोकसभा चुनाव : प्रारम्भिक गणनामा सत्तारुढ गठबन्धन एनडीए अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ९ गते ८:५५

९ जेठ, काठमाडौं । भारतीय लोकसभा चुनावको प्रारम्भिक मतगणनामा सत्तारुढ गठबन्धनले अग्रता लिएको छ । गणनाको फरक फरक आँकडा सार्वजनिक भए पनि सबैले सत्तारुढ बीजेपी नै अगाडि देखाएका छन् ।

आजतकका अनुसार, मतगणनाको पछिल्लो परिणाममा २ सय ९० स्थानमा अग्रता लिएको छ ।

कांग्रेससहितको विपक्षी गठबन्धन यूपीए एनडीएभन्दा निकै पछि देखिएकाे छ ।आजतका अनुसार यूपीएले अहिलेसम्म मात्रै ९१ स्थानमा अग्रता लिएको छ ।

अन्य दलले ७५ स्थानमा अग्रता बनाएका छन् ।

भारतमा चैत २३ देखि सुरु भएको निर्वाचन गत आइतबार सम्पन्न भएको थियो । कुल ५४३ सिटका लागि ७ चरणमा निर्वाचन भएको थियो ।

कुल ५४३ सिटमध्ये बहुमतका लागि २७२ सिट आवश्यक पर्दछ ।

चुनावलगत्तै सार्वजनिक गरिएका मत सर्वेक्षणमा पनि सत्तारुढ गठबन्धन नै अगाडि रहने देखाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?